Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

आईपीएलमा किन अटाएनन् बंगलादेशका खेलाडी ?

एजेन्सी

काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) को आगामी संस्करणमा बंगलादेशका कुनै पनि खेलाडी अटाउन सकेनन् ।

आईपीएलमा सन् २०२० पछि पहिलोपटक बंगलादेशका क्रिकेटरले खेल्न नपाउने भएका हुन् । बंगलादेश र भारत बीचको सम्बन्धमा अविश्वासको वातावरण रहेका वेला कुनै पनि बंगलादेशी खेलाडीमाथि आईपीएलमा बोली लागेन । कतिपयले यसलाई दुई देशबीचको तनावसँग जोडिरहेका छन् ।

बीसीसीआई वा आईपीएलले बंगलादेशी खेलाडीलाई बोली नलगाइएको बारेमा कुनै टिप्पणी गरेका छैनन् तर बंगलादेश क्रिकेट बोर्डका अधिकारीले यो विषय दक्षतासँग सम्बन्धित रहेको बताएका छन् ।

उनले बंगलादेशी खेलाडीको ‘गुणस्तर’ सामान्य रहेको बताएका बिबिसिले जनाएको छ । बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) का निर्देशक नजमुल अबेदिन फहिमले क्षमताको आधारमा मात्रै आईपीएललाई प्राथमिकता दिएको बताएका छन् । केहीले भने आईपीएलमा बंगलादेशी क्रिकेटरको हिस्सा नरहनुलाई आईसीसी अध्यक्ष जय शाहको निर्णय भनेका छन् ।

आईपीएल २०२४ को संस्करणमा मुस्ताफिजुर रहमान मात्र बंगलादेशी खेलाडी थिए जसले चेन्नई सुपर किंग्सका लागि ९ खेल खेलेका थिए ।

२०२५ को आईपीएल लिलामीका लागि १ हजार ५७४ खेलाडीले रजिष्ट्रेशन गराएका थिए । तीमध्ये ५७४ खेलाडीलाई १० टोलीले सर्टलिस्ट गरेका थिए र ५७४ खेलाडीमा २०८ जना विदेशी थिए ।

आईपीएल विश्वभरका क्रिकेटरहरूका लागि आफ्नो प्रतिभा देखाउने अवसर हो । यसमा पाकिस्तानी क्रिकेटर भने परेका छैनन्। आईपीएल २००७ मा सुरु भएको थियो र पहिलो सिजनमा मात्र पाकिस्तानी खेलाडीहरूले भाग लिएका थिए ।

सन् २००८ मा मुम्बईमा चरमपन्थी आक्रमण भयो, त्यसपछि दुई देशको राजनीतिक सम्बन्धबाहेक अन्य सम्बन्धमा पनि नकारात्मक प्रभाव पर्‍यो । जसमा क्रिकेटसँग सम्बन्धित सम्बन्ध पनि अछुतो रहेन ।

त्यसयता बीसीसीआईले पाकिस्तानी खेलाडीलाई आईपीएलबाट निष्काशन गरेको थियो । सन् २०२५ को आईपीएलको लिलामीका लागि बंगलादेशका १३ खेलाडीले आफ्नो नाम दर्ता गरेका थिए । तीमध्ये दुईजना रिसद हुसैन र मुस्ताफिजुर रहमान मात्र सर्टलिस्टमा परेका थिए तर उनीहरुलाई पनि कसैले आफ्नो रोजाइमा पारेनन् ।

रिसदले आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै १४ विकेट लिएका थिए । यो प्रदर्शनपछि उनी विश्वभरका क्रिकेट प्रेमीको नजरमा परे तर भारतसँगको तीन खेलको टी–२० सिरिजमा उनले तीन विकेट मात्र लिन सके ।

मुस्ताफिजुरलाई कसैले नकिन्नु चाहिँ अनाैठो भयाे । आईपीएलका सात सिजन खेलिसकेका उनले छुट्टाछुट्टै पाँचवटा टोलीबाट खेलेका छन् । पछिल्लो आईपीएलमा उनी चेन्नई सुपर किंग्समा थिए र नौ खेलमा १४ विकेट लिएका थिए । उनको आधार मूल्य दुई करोड रुपैयाँ थियो तर कसैले बोली लगाएनन् ।

लिलामीको दोस्रो दिन मुस्ताफिजुर रहमानको नाम आउँदासम्म सबै फ्रेन्चाइजीहरुको गोजी खाली भइसकेका थियो जुन उनको लागि दुर्भाग्य भनिएको छ । त्यसो त गएको आईपीएलमा बीचबाटै बोलाउनुले पनि उनलाई असर गरेको हुनसक्छ ।

लामो समयसम्म आईपीएलको हिस्सा रहेका बंगलादेशका शाकिब अल हसन यो वर्ष सर्टलिस्टमा समेत परेनन् । गत वर्ष मिनी लिलामीमा कसैले पनि उनीमाथि बोली लगाएनन् ।

बंगलादेशका कुनै पनि खेलाडीले आईपीएलमा स्थान बनाउन नसक्दा अफगानिस्तानका खेलाडीहरू लिलामीमा निकै लोकप्रिय बने । बंगलादेशका खेलाडीहरूले आईपीएलको शुरुवातदेखि नै भाग लिएका थिए भने अफगानिस्तान २००७ मा आईसीसीको सदस्य पनि थिएन । आईपीएलको १८ औँ सिजन बंगलादेशी खेलाडीबिना हुनेछ भने अफगानिस्तानका ७ खेलाडीले कन्ट्रयाक्ट प्राप्त गरेका छन् ।

आईपीएलमा बंगलादेशी खेलाडीको अनुपस्थितिले उनीहरू टी–२० क्रिकेटमा पछि परेको संकेत गरेको बताइएको छ ।

बंगलादेश क्रिकेट बोर्ड

बीसीबीका निर्देशक फहिमले अफगानिस्तानका खेलाडीहरूसँग फ्रेन्चाइज क्रिकेटमा ठूला इनिङस् खेल्ने क्षमता भएकोले प्राथमिकता पाएको टिप्पणी गरेका छन् ।

बंगलादेशको अङ्ग्रेजी अखबार डेली स्टारका अनुसार फहिमले भने, ‘व्यक्तिगत रूपमा म दुःखी छु । हाम्रो गुणस्तर निकै सामान्य छ । यदि विश्वव्यापी मञ्चमा स्थान पाउँछौं भने हामी त्यसको लायक छौं, पाएनौं भने हामी त्यसको हकदार छैनौं । हामी आफ्ना खेलाडीलाई फ्रेन्चाइज लिग गर्न बाध्य पार्न सक्दैनौं । यदि उनीहरूसँग योग्यता र क्षमता छ भने छनोट हुनेछन् ।’

आईपीएलमा अफगानिस्तानका खेलाडीको संख्या बढ्दै जाँदा बंगलादेश उल्टो दिशामा गइरहेको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP