Trending
राजनीति जनमतका केन्द्रीय सदस्यसहित दर्जनौँ नेता जसपा नेपालमा गए अपराध अफिम र गाँजासँगै दुई भारतीयसहित ३ जना समात्यो प्रहरी राजनीति म्याग्दीका आयोजना प्राथमिकतामा पर्छन् : देउवा राजनीति पर्यटन र उड्डयन क्षेत्र चलायमान हुँदै छ : पर्यटनमन्त्री पाण्डे राजनीति संसदीय प्रणालीभित्र दलहरूको प्रमुख भूमिका हुन्छ : सभामुख घिमिरे flash कृष्णनगरको १३ औँ नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न राजनीति यति ढिलोसम्म संसद्‌ नबोलाएकामा जनतामा खुल्दुली छ : अग्नि स्वास्थ्य अब प्रत्येक स्थानीय तहमा कम्तिमा एउटा सेवाप्रदायक स्वास्थ्य संस्था रहने समाज इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर राजनीति संसद् नचल्दा अध्यादेश ल्याउन मिल्छ : उपमहासचिव ज्ञवाली

दश ओभर खेल्दा ४ विकेट गुमाएर कर्णालीको ५२ रन

काठमाडौं : पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो खेलमा अहिले कर्णाली याक्सले जनकपुर बोल्ट्सविरुद्ध ब्याटिङ गरिरहेको छ। कर्णालीले दश ओभर खेल्दा ४ विकेट गुमाएर कर्णालीको ५२ रन बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर कर्णाली याक्सले पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।

जारी प्रतियोगितामा कर्णाली याक्सको यो पहिलो खेल हो भने जनकपुर वोल्ट्सको दोस्रो खेल हो। जनकपुर वोल्ट्सले शनिबार पहिलो खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले पराजित गरेको थियो।

कर्णाली याक्समा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर सोमपाल कामी मार्की खेलाडी रहेका छन्। अन्य खेलाडीमा गुल्शनकुमार झा, देव खनाल, रित गौतम, नन्दन यादव, अर्जुन घर्ती, मौसम ढकाल, भुवन कार्की, दीपेन्द्र रावत, युनिशविक्रम सिंह ठकुरी, दीपक डुम्रे, दीपेन्द्र रावत र अर्जुन घर्ती छन्।

विदेशी खेलाडीमा शिखर धवन, हङकङका बाबर हायात, पाकिस्तानका हुसेन तलात, वेस्ट इन्डिजका चाडविक वाल्टन र ओमानका जिशान मक्सुद छन्। जनकपुर बोल्ट्सका मार्की खेलाडी आशिफ शेख, कप्तान अनिलकुमार साह तथा अन्य खेलाडीमा ललितनारायण राजवंशी, रुपेश सिंह, किशोर महतो, अरनिकोप्रसाद यादव, तुलबहादुर थापामगर, आकाश त्रिपाठी, शुभ कङ्साकर, शेर मल्ल र हेमन्त धामी छन्।

विदेशी खेलाडीमा न्यूजिल्याण्डका जिमी निशम, अमेरिकाका जोशुआ ट्रोम्प, श्रीलङ्काका लाहिरु मिलन्था, पाकिस्तानका मोहम्मद मोहसिन खान र इङ्ल्याण्डका बेन माइक छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP