Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुदुरपश्चिम रोयल्सको अपराजित यात्रामा चितवन राइनोजको रोक

काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजले सुदुरपश्चिम रोयल्सको अपराजित यात्रा रोकिदिएको छ। चितवनले सुदुरपश्चिमलाई ३३ रनले पराजित गरेको हो.

टस जितेर पहिले ब्याटिङमा उत्रेको चितवनले पाँच विकेट गुमाएर १६४ रन बनाएको थियो। चितवनका लागि हसन एइसाखिल ६५, रवि बोपरा ३६, विपिन रावल १७, कप्तान कुशल मल्ल १३, सन्तोष कार्की नौ रनको योगदान दिए भने अमर रौटेल ६ र जन निकल लफ्टी इटन २ रनमा अविजित रहे।

सुदुरपश्चिमका लागि स्कट कुगेलेइन दुई, कप्तान दिपेन्द्रसिंह ऐरी, ब्रान्डन म्याकमुलेन, सेफ जेवले समान एक विकेट लिए।

जितका लागि मैदानमा उत्रिएको सुदुरपश्चिमले सबै विकेट गुमाउँदै १३१ रन बनायो। सुदुर पश्चिमका लागि लागि इसान पाण्डे ३५, सैफ जेव १८, स्कट कुगेलेइन १६, म्याकमुलेन १३ , दिलप्रित बाज्वा १२ , विनोद भण्डारी र नरेर साउद १०, नरेश बुढायर पाँच , आरिफ शेख चार, कप्तान दिपेन्द्रसिंह ऐरी एक रन बनाए।

चितवनका लागि कप्तान कुशल मल्ल, निकोल लोफ्टी-इटन, अमर रौटेला र रिजन ढकालले समान दुई दुई विकेट लिए। रञ्जित कुमार र सोहेल तान्विरले एक एक विकेट लिए।

सुदुरपश्चिमले विराटनगर किंग्स, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्सलाई हराएको थियो। चितवनले यसअघि काठमाडौं गुर्खाज र पोखरालाई हराएको थियो भने कर्णाली विरुद्धको खेलमा भने पराजित भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP