गुनासा सुन्न स्वास्थ्य मन्त्रालयले सुरु गर्‍यो ‘हेल्लो हेल्थ’

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न ‘हेल्लो हेल्थ’ सेवा सुरू गरेको छ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले जनताको गुनासो सुन्न र त्यसको सुनुवाइ गर्न मन्त्रीस्तरीय निर्णय गरेर हेल्लो हेल्थ सुरु गरेको बताएका छन्।

‘नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौँ। तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला,’ मन्त्री पौडेलले भनेका छन्।

यसका लागि भाइबर र ह्वाट्स एपमा 9779851330592, मन्त्रालयको फेसबुक पेजमा गुनासाहरू पठाउन सकिने मन्त्रालयले जनाएको छ। यसका अलावा १११५ नम्बरमा फोन गरेर पनि आफ्ना गुनासा राख्न सकिने छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP