
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १२४ रनको लक्ष्य दिएको छ।
ब्याटिङमा आएको सुदुरले ९ विकेट गुमाएर १२३ रन बनाएको हो।
जनकपुरका किशोर महतोले १७ ओभरमा तीन विकेट र १९ ओभरको पहिलो बलमा थप एक विकेट लिएपछि सुदुरपश्चिम सस्तैमा समेटिएको हो।
टीयु क्रिकेट मैदानमा सुदूरपश्चिमविरुद्ध जनकपुरका कप्तान अनिलकुमार शाहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका थिए।
सुदुरका लागि विनोद भण्डारी ३३, सैफ जेव २१, ब्राण्डेन म्याकलेन ११, स्कट कुगेलेइन ७, आरिफ शेख ६, नरेन साउद तीन, हर्मित सिंह एक, दिपेन्द्रसिंह ऐरी शून्यमा आउट भए।
नरेश बुढायर ९ र अविनास बोहरा २ रनमा अविजित रहे।
जनकपुरका लागि शेर मल्ल र अर्निको यादव समान दुई दुई, हर्ष थाकरले एक विकेट लिए। जनकपुर अपराजित टोली हो भने सुदूरपश्चिमले एक खेल गुमाएको छ।
जनकपुर यो खेलमा जित निकालेमा २ खेल अगावै प्लेअफमा आफ्नो स्थान सुरक्षित बनाउनेछ। जनकपुर ४ खेलमा ४ जितसहित पहिलो र सुदूरपश्चिम ३ जितसहित दोस्रो स्थानमा छन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया