पोखराविरूद्ध सुदुरपश्चिमको रोमाञ्चक जीत,स्कट कुगेलेइनले लिए पाँच विकेट

काठमाडौं : नेपाल प्रिमियर लिगमा सुदुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्समाथि रोमाञ्चक जित हात पारेको छ। १५४ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पोखराले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन बनाउन सक्यो।

पोखराका लागि आन्द्रेश गोस ३६, रेमन रेफर ३३, किरण ठगुन्ना ३२, दिनेश खरेल १५, जेन मलिक १०, माइकल लिस्क ५, दिलिपनाथ एक, विपिन खत्री,सुदिप अर्याल र कप्तान कुशल भुर्तेल शून्यमा आउट भए।

सुदुरका लागि स्कट कुगेलेइन पाँच र हर्मित सिंहले समान तीन विकेट र सैफ जेवले लिए।

टस हारेर ब्याटिङमा आएको सुदुरले ७ विकेट गुमाएर १५३ रन बनायो।

सुदुरका लागि ब्राण्डन म्याकमुलेन २३, कप्तान दिपेन्द्रसिंह ऐरी २०, बिनोद भण्डारी १४, हर्मित सिंह १३, इसान पाण्डे १०, सैफ जेव ९, स्कट कुगेलेइनले२ रन बनाए भने आरिफ शेख ४२ रनको अविजित पारी खेले।

पोखराका लागि कप्तान कुशल भुर्तेल दुई, सागर ढकाल, माइकल लिस्क र रेमन रेफरले समान एकएक विकेट लिए।

यसअघि सुदूरपश्चिम ५ खेलमा ४ जित र १ हारसहित ८ अंक जोडेर दोस्रो स्थानमा थियो। एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएको पोखरा चार अंक सहित सातौं स्थानमा छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP