जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको विजेता जनकपुर बोल्ट्सले आजदेखि ट्रफी परेड गर्ने भएको छ।

गएराति जनकपुर पुगेको विजेता टोलीले पहिलो दिन आज जनकपुरधामस्थित राम जानकी मन्दिरमा ट्रफी प्रदर्शन गर्नेछ। त्यहाँबाट सुरु हुने परेड जनकपुरकै रामानन्द चोक, पिडारी चोक, भानु चोक, जिरो माइल हुँदै रामजानकी क्रिकेट मैदानमा पुगेर समापन हुनेछ।

जनकपुर बोल्ट्सका अनुसार ट्रफी परेड मधेस प्रदेशका अरु जिल्लामा पनि हुनेछ । त्यसैअनुसार दोस्रो दिन भोलि महोत्तरी, सप्तरी र रौतहट जिल्लामा पुग्ने कार्यक्रम छ भने तेस्रो दिन बारा र पर्सामा परेड गरिनेछ। यस्तै चौथो दिन सिरहा र सप्तरीमा कार्यक्रम आयोजना गरी ट्रफी परेड पूरा गरिने जनकपुर बोल्ट्सले जनाएको छ।

पुस ६ गते सम्पन्न भएको एनपीएलमा जनकपुरले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै उपाधि चुमेको थियो । जनकपुरले ट्रफीसहित एक करोड १० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP