
काठमाडौं : पछिल्ला दिनहरूमा नेपालमा बुढ्यौली उमेरका नागरिक (ज्येष्ठ नागरिक उमेर समूहका) नागरिकहरुको संख्या बढ्दो छ।
विसं २०७८ को राष्ट्रिय जनगणना हेर्ने हो भने कुन जनसंख्याको ६० वर्ष माथिको जनसंख्या मात्रै १० प्रतिशतभन्दा धेरै छ।
जसरी देशमा युवा प्रौढ उमेरका जनसंख्याभन्दा बुढ्यौली उमेरका जनसंख्या बढ्दो छ । त्यहीअनुसार उनीहरूको स्वास्थ्य, सामाजिक सुरक्षा र बुढ्यौली उमेरमा हुनुपर्ने व्यवस्थित स्यहार सुसारको विषयले पनि पछिल्लो समय बहसको विषय बन्ने गरेको छ।
बुढ्यौली उमेरमा स्यहार सुसार र सामाजिक सुरक्षाको बारेमा हालै मात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ), र जेरियाट्रिक सोसाइटी अफ नेपालले सहकार्य गरेको एक कार्यशाला सम्पन्न भएको छ।
कार्याशालमा विज्ञहरुले बुढ्यौली उमेरका नागरिकहरुलाई शारिरिक स्वास्थ्य मात्रै होइन उनीहरुको मानसिक तथा सामाजिक सुरक्षामा समेत अझै बढी ध्यान दिन पर्ने अवस्था आएको बताएका छन्।
ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले हाल बुढ्यौलीपनको अवस्थामा मान्छेले बिर्सने खालको रोग (डिमेन्सिया) अल्लजाइमर्श लगायतका स्वास्थ्य समस्या झेल्नुपर्ने अवस्था हुने हुँदा यी स्वास्थ्य समस्यालाई परिवारले गम्भिर रुपमा नलिदा समस्या झन् बढ्दै गएको बताए।
‘ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेको अवस्थामा बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने ज्ञान सबैमा हुनुपर्ने हो तर हाम्रोमा अझै पनि बुढ्यौली उमेरमा देखिने अल्लजाइमर्श, डिमेन्सिया जस्ता स्वास्थ्य समस्यालाई नेपाली समाजमा ठूलो रुपमा नलिने गरेको उनले बताए।
यसले झन् भविष्यमा बुढ्यौली उमेरका नागरिकहरुको स्वास्थ्य समस्यालाई झन् जटिल बनाउँदै लगेको उनको भनाइ छ।
कार्यक्रमका स्वास्थ्य सेवा विभागका महानिर्देशक समेत रहेका स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा विकास देवकोटाले वृद्धावस्थामा परिवारको सामिप्यता आवश्यक पर्ने भएकोले अन्य सदस्यहरुले उनीहरूको कुरा सुनिदिने बानीको विकास गर्नुपर्ने बताए।
‘सबै परिवारले ज्येष्ठ नागरिक बोझ नभई जिम्मेवारी हुन् भन्ने भावना राखेर आफ्ना परिवारका सदस्यलाई प्रेम भाव राख्ने हो भने बुढ्यौली उमेरका धेरै नागरिक यस उमेरमा देखिने स्वास्थ्य समस्या झन् जटिल अवस्थामा पुर्याउने अवस्थाबाट बचाउन सकिन्छ’डा देवकोटाले भने।
यस्तै सो अवसरका विश्व स्वास्थ्य संगठनका कन्ट्री रेप्रिजेन्टिभ डा राजेश सम्भाजीराव पाण्डवले जेष्ठ नागरिकको संख्या बढ्दो क्रममा रहेको भन्दै यसलाई व्यवस्थित गर्न स्वस्थकर बुढ्यौलीको लागि नेपाल सरकारले विशेष रणनीति बनाउनुपर्ने अवस्था आएको बताए।
आयुर्वेद तथा वैकल्किक चिकित्सा विभागका डा वंशदिप खरेलले बढ्दो क्रममा रहेको वृद्धवृद्धा र उनीहरुलाई स्वस्थकर बुढ्यौली जीवनका लागि घरेलु उपचार, मनोपरामर्श, ध्यान जस्ता क्रियाकलापहरू स्वस्थकर बुढ्यौलीको लागि उत्तम हुने परिवार समाज तथा राज्यले यसतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया