घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौं :अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भएसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ। सोमबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा केही गिरावट भएको छ।

आज सुन प्रतितोलामा रू एक हजारले घटेर रू एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको मूल्यमा पनि प्रतितोला रू ३० ले गिरावट भएको छ।

आज प्रतितोला चाँदी रू एक हजार सात सय ६५ मा कारोबार भएको छ। सोही परिमाणको चाँदी सोमबार रू एक हजार सात सय ९५ मा कारोबार भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP