Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

फागुन १६ र १७ गते श्रम तथा रोजगार सम्मेलन हुँदै


काठमाडौँ : सरकारले पाँचौ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०८१ गर्ने भएको छ।

बुधवार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलनको आयोजना गर्दै पाँचौँ संस्करणको राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन अगामी फागुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्न लागेको जानकारी दिएको हो।

वैदेशिक रोजगारको क्षेत्रमा देखिएका चुनौतीको विश्लेषण गरी अगामी नीतिगत र कानूनी परिमार्जनका लागि सुझाव लिने सम्मेलनको मुख्य उद्देश्य रहेको मन्त्रालयले जनाएको छ।

मन्त्रालयकाअनुसार सम्मेलनले उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि आन्तरिक रोजगार प्रवद्र्धन दशकको रणनीतिक कार्ययोजना उपर पृष्ठपोषण लिनेछ।

अहिले नेपालको श्रम रोजगार क्षेत्रमा संकुचन आएकोले यसको समाधानका लागि सम्मेलनले महत्वपूर्ण भुमिका खेल्ने श्रम मन्त्रालयका सहसचिव डण्डुराज घिमिरेको विश्वास छ।

उनले श्रम बजरका लागि उद्योग र प्रतिष्ठानको भुमिका र देशको लागि सम्पूर्ण आपूर्ति श्रृंखलाहरुमा समेत रोजगारीको विषयमा छलफल गर्नुपर्ने आजको आवश्यकता भएको बताए।

उनले उत्पादन तथा उत्पादकत्वको क्षेत्रमा लगानीन न्युन हुँदा मुलुकको अर्थतन्त्र भन्सारमा आधारित बनेको बताए। समग्र कृषी र उद्योगमा लगानी प्रवद्र्धन, उत्पादन न्युन हुनु मुलुकको अर्थतन्त्रका लागि राम्रो संकेत नभएको उनले भनाइ छ।

उनले श्रमिकको माग न्युन हुँदै जानु, वस्तु र सेवाको उत्पादनमा लागत बढ्नु चिन्ताको विषय भएको उल्लेख गर्दै श्रमिकको मागलाई बढाउन अर्थतन्त्रको व्यापक सुधार आवश्यक रहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP