Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल

काठमाडौँ : काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले फास्ट फुड तथा रेष्टुरेण्टहरुले गुणस्तरमा विशेष ध्यान दिन आवश्यक रहेको बताएका छन्।

सोमवार काठमाडौँमा भएको फास्ट फुड एसोसिएशन नेपालको ८औँ राष्ट्रिय अधिवेशनमा उपप्रमुख डंगोलले यस्तो बताएकी हुन्। उनले व्यवसायीहरु पनि उपभोक्ता भएकाले फास्ट फुड तथा रेष्टुरेण्डहरुले गुणस्तरमा ध्यान दिन आवश्यक रहेको बताइन्।

उनले पछिल्लो समय गुणस्तरका विषयमा प्रश्नहरु उठ्दै आएकाले त्यसमा विचार पुर्‍याउन व्यवसायीहरुलाई आग्रह गरिन्। उनले हाटेल तथा फास्ट फुडहरु ठूलो स्पेस र पूर्वाधारले मात्रै पाँचतारे हुन नसक्ने बताए। उनले पाँचतारे हुनको लागि गुणस्तरीय हुन आवश्यक रहेको बताइन्।

उनले महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा रहेको बताए। उनले महानगरले राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन गर्ने प्रतिबद्धता जनाइन्।

‘पाँचतारे होटेल फास्ट फुड पूर्वाधारहरुले मात्रै हुँदैन‚ ठूलो स्पेस हुँदैमा पाँचतारे हुँदैन। गुणस्तरमा पाँचतारे भनेर चिनिन आवश्यक छ। महानगरले फास्ट फुडहरुमा विभिन्न खालका स्टार स्टिकरहरु राख्ने अभियानमा छ‚’ उनले भनिन्, ‘राम्रो काम गर्ने व्यवसायीहरुलाई प्रोत्साहन मिल्छ। राम्रो गर्न सक्नु भएको छैन भने गुणस्तरमा पाँचतारे बन्छु र राम्रो बन्छु भनेर राम्रो गर्ने प्रयास गर्नुहोला।’

उनले महानगरले व्यवसायीहरुको व्यापार व्यवसाय सहजीकरणका लागि काम गरिरहेको बताइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP