Trending
खेल प्रधानसेनापति खुला म्याराथन फागुन १० गते गर्दै सेना, पहिलोलाई ३ लाख नगद अन्तर्राष्ट्रिय दश यात्रु बोकेको विमान अलास्का क्षेत्रबाट बेपत्ता खेल महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज समाज सरकारले साढे १० लाख डोज वीर्य निकालेर वितरण गर्‍यो! समाज बेलायती अधिराजकुमार र अधिराजकुमारीले हेरे २७४ युवाले देखाएको परेड राजनीति रवि विरुद्धको रवैयामा सरकारले मूल्य चुकाउनैपर्छ : अर्याल राजनीति राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा प्रगति भएको छ : मन्त्री राई समाज ‘केही वर्षसम्म हिउँले ढाकिएको क्षेत्र अहिले हिउँविहीन भयो’ राजनीति एसइईका ‘नन ग्रेडेड’ विद्यार्थीले प्रि-डिप्लोमा तहमा पढ्न पाउने व्यवस्था लागू राजनीति डिजिटल भुक्तानीमा लगाएको भ्याट खारेज गर्न सांसद डाँगीको माग

चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा

काठमाडौँ : परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले चीनसँग भएको बीआरआई सम्झौता अनुदानमा आधारित सहयोगको समझदारी भएको स्पष्ट पारेकी छन्।

सोमवार अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा उनले सांसदहरुले राखेका जिज्ञासाहरुको जवाफ दिँदै उनले चीन सरकारसँग ऋण लिनेसम्बन्धी कुनै पनि समझदारीपत्रमा हस्ताक्षर नभएको बताइन्।

उनले नेपालको कुल गार्हस्थ्य उत्पादन निष्क्रियजस्तै भएको जानकारी गराएको उल्लेख गर्दै चीन सरकार एड र ग्राण्ट दिन तयार भएको बताइन्।

उनले चीन सरकारबाट बीआरआई परियोजनाअन्तर्गत आउने सबै परियोजना एड फाइनान्सिङमै आउने बताइन्।

‘मैले चीनको परराष्ट्रमन्त्रीज्यूलाई स्पष्टसँग के राखेकी छु भने हाम्रो कुल गार्हस्थ्य उत्पादन (जीडीपी) डेथ सर्विसिङमा छ। हामी कुनै पनि प्रकारको ऋण लिने अवस्थामा छैनौँ‚’ उनले भनिन्, ‘त्यसकारण हामीले तपाईसँग एड र ग्रान्टमात्र अपेक्षा गरेका छौँ भनेर निर्लज्जताका साथ प्रस्तुति गरेकी छु‚ जे हो त्यो त भन्ने पर्‍यो नि! अहिले हामीले जति परियोजना यसमा हालेका छौँ त्यो सबै एड फाइनान्सिङमै आउँछ।’

बैठकमा सोमवार प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणलगायत विषयमा छलफल भएको हो। बैठकमा चीन भ्रमणका उपलब्धि सार्वजनिक गर्दै मन्त्री राणाले छलफलमा विभिन्न महत्वपूर्ण सम्झौता भएको उल्लेख गरिन्।

उनकाअनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा बेल्ट एण्ड रोड सहकार्य फ्रेमवर्क, टोखा–छहरे सुरुङमार्ग, नेपाल–चीन व्यापार अभिवृद्धिसम्बन्धी समझदारीपत्र, नौतले वसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न प्रमाणपत्रको आदानप्रदान, आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी, नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान लगायतका विषयमा सम्झौता भएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP