Trending
राजनीति मानव-वन्यजन्तु द्वन्द्व रोक्ने कार्यक्रम ल्याउनुपर्‍यो : कृषिमन्त्री अधिकारी समाज विनयी खोलाको पुल भाँचिएको घटनाका दोषीलाई कारबाही गर्न ट्रक व्यवसायीको माग राजनीति नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को ? परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न राजनीति फास्ट फुड र रेष्टुरेण्टले गुणस्तरमा विशेष ध्यान दिनुपर्‍यो : सुनिता डंगोल समाज बाढी-पहिरोले ३८१ सडक पूर्वाधारमा क्षति, १७४ सरकारी भवन बनाउनुपर्ने समाज देशका छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु राजनीति चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन : परराष्ट्रमन्त्री राणा राजनीति रविको मुद्दामा सुरु भयो थुनछेक बहस राजनीति कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री अन्तर्राष्ट्रिय भारतीय सेनासँगको मुठभेडमा कम्तीमा पाँच नक्सलवादी विद्रोहीको मृत्यु

नेपाली राहदानी विश्वमै कमजोर हुनुमा दोषी को ? परराष्ट्रमन्त्रीलाई सांसदहरूको प्रश्न

काठमाडौँ : नेपाली राहदानी (पासपोर्ट) विश्वमा सबैभन्दा कमजोर भएको विषयमा सांसदहरुले परराष्ट्र मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

सोमवार प्रतिनिधिसभाअन्तर्गतको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा सांसदहरुले नेपाली राहदानीको स्तर कमजोर हुँदा विश्वमा देशको छवि र इज्जतमाथि प्रश्न उठेको बताएका हुन्।

नेकपा एमालेकी सचेतक सुनिता बरालले विभिन्न प्रतिवेदनमा नेपाली राहदानीको र्‍याङ्किङ दिनानुदिन खस्किरहेको बताइन्।

उनले नेपालको राहदानीको पोजिसन कमजोर स्थितिमा रहेको उल्लेख गर्दै यसको सुधारमा सरकारको ध्यान गएको छ कि छैन भन्दै प्रश्नसमेत गरिन्।

उनले फ्रि भिसा फ्रि टिकेटको व्यवस्था कार्यान्वयनको स्थितिबारे समेत परराष्ट्रमन्त्री आरजु राणा देउवासँग जवाफ मागिन्। उनले फ्रि भिसाको व्यवस्था थोरै नेपाली जाने देशसँग मात्र रहेको बताइन्।

उनले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको पारिश्रमिकबारे मापदण्ड बनाउनुपर्ने बताइन्। वैदेशिक रोजगारीमा जाने श्रमिकको पारिश्रमिकबारे मापदण्ड नहुँदा नेपाली श्रमिक विभिन्न समस्यामा परिरहेको उनको भनाइ छ।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राहदानी कमजोर हुनुको मुख्य कारण सम्झौताअनुसार काम नहुनु रहेको बताए। उनले सम्झौताअनुसार गुणस्तरीय राहदानी नदिए पनि सेटिङ मिलाए उन्मुक्ति पाइन्छ भन्ने मानसिकता हावी भएको बताए।

सम्झौताअनुसार राहदानी नछाप्ने कम्पनीलाई कानूनी दायरामा ल्याउनुपर्नेमा उनको जोड छ। उनले सरकारले एकैपटक धेरै पासपोर्ट छाप्न लागेको भन्दै आपत्ति जनाए।

उनले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढेसँगै मुलुकमा सामाजिक अपराधका घट्नाहरु बढ्न थालेको बताए। उनले युवाहरु विदेश पलायन हुँदा समाजमा वृद्धवृद्धाको स्याहार गर्न तथा जन्ती र मलामी जाने समेत मान्छे नभएको प्रति चिन्ता व्यक्त गरे।

नेकपा एमालेका सांसद दामोदर पौडेल वैरागीले इजरायल–हमास युद्धमा बेपत्ता भएको नेपाली विद्यार्थी विपिन जोशीको रिहाईको लागि पहलकदमी गर्न माग गरे। उनले पछिल्लो सयम जोशीको रिहाईको लागि कूटनीतिक पहल हुन छोडेकोप्रति परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराए।

नेपाली कांग्रेसका सांसद योगेश गौचन थकालीले प्रधानमन्त्रीले चीन भ्रमणमा गरेको सम्झौताअनुसार सरकारले कस्तो ऋण लिने तयारी गरेको छ भन्दै प्रश्न गरे। उनले बाह्य एवं आन्तरिक ऋण परिचालनमा सरकार गम्भीर हुन आवश्यक रहेको बताए।

उनले ऋण लिँदा परिणाममुखी परियोजना निर्माणका लागि मात्र लिनुपर्ने बताए। उनले नेपालले लिएको ऋण सामाजिक सुरक्षा भत्तालगायत क्षेत्रमा मात्र खर्च हुने प्रवृत्तिले ठूलो हानी पुर्‍याउने बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP