यू-१९ महिला विश्वकप : सान्त्वना जितसँगै नेपाली टोली फर्कँदै

काठमाडौँ : कप्तान पूजा महतोको अलराउन्ड प्रदर्शनसँगै नेपालले आईसीसी महिला यू-१९ टी-२० विश्वकपको आज भएको प्ले अफमा घरेलु टोली मलेशियालाई ७ विकेटले पराजित गरेको छ।

आजको खेलसँगै नेपालले जितका साथ प्रतियोगिताको अन्त्य गरेको छ भने घरेलु मलेशियाले एउटै खेल पनि जित्न सकेन।

शुक्रवार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेशियाले जितका लागि दिएको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा ३ विकेटमात्र गुमाएर पार गर्‍यो।

नेपालका लागि कप्तान पूजाले अविजित २३ रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

मलेशियाका लागि मर्स्याले ३ विकेट लिइन्।

त्यसअघि नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको मलेशियाले १६ ओभर ५ बलमा अल आउट हुँदै ४५ रनको योगफल तयार परेको थियो।

नुरीमनले १५ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

नेपालका लागि कप्तान पूजाले ३ ओभर ५ बलमा मात्र ९ रन खर्चिदै सर्वाधिक ४ विकेट लिइन्। यससँगै उनी सर्वाधिक रन बनाउनेको सूचीमा शीर्षमा उक्लिएकी छन्। जारी विश्वकपमा पूजाले ९ विकेट लिएकी छन्।

यसैगरी रचना चौधरीले ३ विकेट तथा रिया शर्मा र सिमाना केसीले १/१ विकेट लिए।

नेपाल समूह ‘डी’ को चौथो स्थानमा तथा मलेशिया समूह ‘ए’ को चौथो स्थानमा रहेका थिए।

समूह चरणमा नेपालले बंगलादेश, स्कटल्याण्ड र अष्ट्रेलियासँग पराजित भएको थियो भने मलेशिया पनि भारत, श्रीलंका र वेष्ट इण्डिजसँग पराजित भएको थियो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

TOP