Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पार्टी प्यालेसबाट झण्डै १५ लाख चोरी गरेका दुई जना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार रुपन्देहीको देवदह नगरपालिका–१० घर भएका २२ वर्षीय ​ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका–३ घर भएकी २९ वर्षिया पूजा श्रेष्ठलाई पक्राउ गरिएको हो।

गत माघ ११ गते राती करिब एक बजेको समयमा पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसको कार्यालय कक्षमा रहेको र्‍याकमा रहेको १४ लाख ७४ हजार चोरी भएको थियो। चोरीको विषयमा थाहा पाएको कास्की प्रहरीले वडा प्रहरी कार्यालय बैदाममा अनुसन्धानका लागि टोली खटाएको थियो।
अनुसन्धानका क्रममा ईश्वर पूजाले चोरी गरेको खुलेपछि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा माघ १३ गते उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिका नगरको एक होटेलबाट १२ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ र तीन थान मोबाइल सहित पक्राउ परेका हुन्।
उनीहरू दुवैमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP