Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

पार्टी प्यालेसबाट झण्डै १५ लाख चोरी गरेका दुई जना पक्राउ

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले पार्टी प्यालेसबाट झण्डै १५ लाख रुपैयाँ चोरी गरेका दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वसन्त कुमार शर्माका अनुसार रुपन्देहीको देवदह नगरपालिका–१० घर भएका २२ वर्षीय ​ईश्वर श्रेष्ठ र स्याङ्जाको भिरकोट नगरपालिका–३ घर भएकी २९ वर्षिया पूजा श्रेष्ठलाई पक्राउ गरिएको हो।

गत माघ ११ गते राती करिब एक बजेको समयमा पोखरा महानगरपालिका–८ सिर्जनाचोकमा रहेको साईमन पार्टी प्यालेसको कार्यालय कक्षमा रहेको र्‍याकमा रहेको १४ लाख ७४ हजार चोरी भएको थियो। चोरीको विषयमा थाहा पाएको कास्की प्रहरीले वडा प्रहरी कार्यालय बैदाममा अनुसन्धानका लागि टोली खटाएको थियो।
अनुसन्धानका क्रममा ईश्वर पूजाले चोरी गरेको खुलेपछि इलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीको सहयोगमा माघ १३ गते उनीहरूलाई पक्राउ गरिएको हो।

उनीहरू रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ कालिका नगरको एक होटेलबाट १२ लाख ५२ हजार पाँच सय ८० रुपैयाँ र तीन थान मोबाइल सहित पक्राउ परेका हुन्।
उनीहरू दुवैमाथि अनुसन्धान गर्नको लागि कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका सम्बन्धी मुद्दामा छ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP