Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

त्रिकोणात्मक श्रृंखला : नेदरल्याण्ड्ससँग नेपाल २० रनले पराजित

काठमाडौं : महिला टी–ट्वेन्टी आई त्रिकोणात्मक क्रिकेट श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ ।

बिहीबार नेदरल्याण्ड्सले दिएको १ सय ५८ रनको चुनौती पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३७ रन मात्र बनाउन सक्यो।

नेपालका लागि सिता राना मगरले २८, कविता जोशीले २७, पूजा महतोले २४, रुविना क्षेत्रीले ११ रन बनाउँदा अरूले दोहोरो अंकको रन बनाउन सकेनन्। सम्झना खड्काले ९, कप्तान इन्दु बर्माले ७, कविता कुँवरले ८ रन बनाउँदा एलिसा यादव ४ र विन्दु रावल ३ रनमा अविजित रहे।

यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङमा आएको नेदरल्याण्ड्सले पूरा २० ओभर खेल्दै ४ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो। उसका लागि रोबिनी रिज्केले अविजित ५९ रनको योगदान गरिन्। आइरिस ज्वीलिङ पनि ३१ रनमा नटआउट रहिन्। स्टेयर कालिसले २९ र हिथर साइगर्सले २३ रन जोडिन्।

नेपालकी सिता रानामागर, ईश्वरी विष्ट, पूजा महतो र कविता कुँवरले एक एक विकेट लिए। नेपाल क्रिकेट संघ क्यानको आयोजनामा नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित त्रिकोणात्मक सिरिज सुरु भएको हो।

सिरिजमा प्रत्येक टोलीले आपसमा दुई–दुई खेल खेल्नेछन्। जसबाट शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

सिरिज माघ २५ गतेसम्म चल्नेछ । नेपालले अर्को खेल पर्सि १९ गते थाइल्याण्डसँग खेल्ने तालिका छ। यो सिरिज नेपाली महिला क्रिकेटका लागि महत्वपूर्ण हुने क्यानको दाबी छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP