Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

२४ औँ संस्करणको आहा रारा गोल्डकप माघ २२ बाट, विदेशीसहित १२ टिम भिड्दै

पर्वत : सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष आयोजना हुँदै आएको आहा रारा पोखरा गोल्डकपको २४ औँ संस्करण माघ २२ गतेदेखि सुरु हुँदै छ।

पोखरा रङ्गशालामा हुने प्रतियोगिताको आयोजक सहारा क्लबले ‘टाई सिट’ सार्वजनिक गरेको छ। यो संस्करणमा १२ टिमले भाग लिने भएका छन् भने ‘कप’ उचाल्नको लागि भारत, बेलायत, उज्बेकिस्तानका टिमहरू सहित नेपालका ए डिभिजन क्लबहरू भिड्ने भएका छन्।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरा र विभागीय नेपाल पुलिस क्लबबिच भिडन्त हुँदै छ। यो खेलबाट विजेता बनेको टोलीले माघ २६ मा ब्रिगेड ब्वाइज क्लब युकेसँग प्रतिस्पर्धा गर्नेछ। माघ २३ मा विभागीय एपीएफ फुटबल क्लब र मच्छिन्द्र क्लबबिच हुने छ। यसबाट विजेता बन्ने टोलीले माघ २७ मा थ्री स्टार क्लबसँग खेल्नेछ।

माघ २४ मा एनआरटी फुटबल क्लब र एपीआइ पावर चर्च ब्वाइज क्लबबिच खेल हुनेछ। यो खेलको विजेताले माघ २८ मा विभागीय त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ। माघ २५ मा भारतको थन्डरबोल्ट नर्थ युनाइटेड र सङ्कटा क्लबबिच खेल हुने छ। यो खेलको विजेताले माघ २९ मा उज्बेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।

माघ ३० बिग्रेड ब्वाइज, सहारा र पुलिसमध्येबाट विजेता बनेको तथा एनआरटी, चर्च ब्वाइज र आर्मीमध्येबाट विजेता बनेका दुई समूहबीच फाइनलमा प्रवेश गर्नका लागि खेल हुने छ।

फागुन एक मा थ्री स्टार, एपीएफ र मच्छिन्द्र तथा थन्डरबेल, सङ्कटा र ब्ल्याक बुल्समध्येबाट विजेता बनेको टोलीले फाइनलमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछन्। फाइनल खेल फागुन तीन गते आयोजना हुँदै छ।

यो संस्करणमा एक करोड ५१ लाख आम्दानी, एक करोड ४२ लाख खर्च हुँदा आठ लाख ८० हजार रुपैयाँ बचत हुने आयोजकको अनुमान छ।

‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने उद्देश्यका साथ २०५५ सालमा स्थापित सहारा क्लब पोखराले फुटबलमार्फत सामाजिक कार्य गर्दै आएको छ। क्लबले पोखरा महानगरपालिका–१७ दोबिल्लामा सूर्यबहादुर के।सी। स्मृति सहारा फुटबल एकेडेमी सञ्चालन गर्दै आइरहेको छ। हाल चौथो ब्याजको रूपमा एकेडेमीमा आश्रित कठिन परिस्थिति र विपन्न वर्गका ३० जना बालकहरू छन्। फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीमा आश्रित बालकहरूको उचित शिक्षादीक्षा, आवास र दैनिक फुटबल प्रशिक्षणमा क्लबले खर्च गर्दै आएको क्लब अध्यक्ष केशवराज बरालले बताए।

प्रतियोगिताको २३ औँ संस्करणमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब विजेता र थ्री स्टार क्लब उपविजेता बनेका थिए। आर्मीले १२ लाख र थ्री स्टारले ६ लाख रुपैयाँ प्राप्त गरेका थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP