Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

जनकपुरमा व्यवसायीमाथि कुटपिट

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –९ पिडारीचोकस्थित फेकु कबाडमा एक व्यवसायीमाथि कुटपिट भएको छ। सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर –८ का ३७ वर्षीय कबाड व्यवसायी मुकेश प्रसाद यादवमाथि सामूहिक रूपमा रड प्रहार गरी निर्मम कुटपिट गरी गम्भीर घाइते बनाएएको छ।

गम्भीर घाइते यादवको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित बीएनबी अस्पताल लगिएको छ। धनुषा प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि फेकु कबाडका साहु जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीका ४८ वर्षीय फेकु साह, उनका तीन छोरा १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह तथा भारत बिहार, सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहले सामूहिक आक्रमण गरेका थिए।

यादवमाथिको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पाँच मिनेटसम्म फलामले प्रहार गर्दै उनलाई लगातार कुटपिट गरिरहेको भिडियोमा देखिन्छ।

घटनापछि फेकु साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार कबाडसम्बन्धी एक टेन्डर फेकु साह र मुकेश यादवले संयुक्त रूपमा लिएका थिए। सोही विषयमा छलफल गर्न मुकेश सर्लाही बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जागिर दर्जीसँगै आएका थिए। छलफलकै क्रममा सामान्य विवाद हुँदा फेकु साह र उनका छोराहरूले मुकेशलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP