Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

जनकपुरमा व्यवसायीमाथि कुटपिट

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर –९ पिडारीचोकस्थित फेकु कबाडमा एक व्यवसायीमाथि कुटपिट भएको छ। सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर –८ का ३७ वर्षीय कबाड व्यवसायी मुकेश प्रसाद यादवमाथि सामूहिक रूपमा रड प्रहार गरी निर्मम कुटपिट गरी गम्भीर घाइते बनाएएको छ।

गम्भीर घाइते यादवको जनकपुरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौंस्थित बीएनबी अस्पताल लगिएको छ। धनुषा प्रहरीका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहका अनुसार शनिबार दिउँसो यादवमाथि फेकु कबाडका साहु जनकपुरधाम उपमहानगरपालिका–१३ पिडारीका ४८ वर्षीय फेकु साह, उनका तीन छोरा १९ वर्षीय अमित साह, २४ वर्षीय तुल्सी साह, १९ वर्षीय सुभाष साह तथा भारत बिहार, सितामढी विष्णुपुर–३ का १७ वर्षीय विकास कुमार साहले सामूहिक आक्रमण गरेका थिए।

यादवमाथिको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। पाँच मिनेटसम्म फलामले प्रहार गर्दै उनलाई लगातार कुटपिट गरिरहेको भिडियोमा देखिन्छ।

घटनापछि फेकु साहसहित पाँच जनालाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ। स्थानीय प्रत्यक्षदर्शीका अनुसार कबाडसम्बन्धी एक टेन्डर फेकु साह र मुकेश यादवले संयुक्त रूपमा लिएका थिए। सोही विषयमा छलफल गर्न मुकेश सर्लाही बरहथवा नगरपालिका–१३ का वडाध्यक्ष जागिर दर्जीसँगै आएका थिए। छलफलकै क्रममा सामान्य विवाद हुँदा फेकु साह र उनका छोराहरूले मुकेशलाई गालीगलौज गर्दै कुटपिट गरेका थिए।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले थप अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP