Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

२४औँ पोखरा गोल्डकप आज सुरु हुँदै

काठमाडौं : २४औँ आहा रारा पोखरा गोल्डकप आज सुरु हुँदैछ।

मोफसलको सबैभन्दा चर्चित फुटबल प्रतियोगिताको उद्घाटन खेल पोखरा रंगशालामा दिउँसो २ बजे सुरु हुने आयोजक सहारा क्लबले जनाएको छ।

उद्घाटन खेलमा आयोजक सहारा र विभागीय टोली नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ। फागुन ३ गतेसम्म चल्ने प्रतियोगितामा भारत, बेलायत, उज्वेकिस्तानका टिमसहित नेपालका ए डिभिजन टोलीले प्रतिस्पर्धा गर्दैछन्।

आयोजकसहित पुलिस, न्यूरोड टीम एनआरटी, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी र युकेको ब्रिगेड ब्वाईज क्लब समूह ए मा छन्। यो समूहका युके र आर्मीले सिधै पहिलो र तेस्रो क्वार्टरफाइनल खेल्नेछन्।

यस्तै समूह बीमा एपीएफ, मछिन्द्र, भारतको थन्डरबोल्ट नर्थ–युनाईटेड, संकटा, थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स फुटबल क्लब छन्।

थ्रीस्टार र ब्ल्याक बुल्सले सिधै दोस्रो र चौथो क्वार्टरफाइनल खेल्नेछन्। माघ ३० मा पहिलो सेमिफाइनल र फागुन १ मा दोस्रो सेमिफाइनल खेल हुनेछ। प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख एक हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP