Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ

काठमाडौं : लागूऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ परेका छन्।

कञ्चनपुर, भीमदत्त नगरपालिका -११ बाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-५ बस्ने २६ वर्षीय अर्जुन गुरूङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय गड्डाचौकी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

बर्दिया, ठाकुरबाबा नगरपालिका-१ बाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही नगरपालिका-४ मैनवार बस्ने १७ वर्षीय किशोरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय भुरिगाउँबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

झापा, मेचीनगर नगरपालिका-६ मेचीपुलबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय ३० मिलिग्राम सहित ताप्लेजुङ सिदिङ्वा गाउँपालिका-३ बस्ने २२ वर्षीय सुरेन्द्र राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो।

चितवन, भरतपुर महानगरपालिका-४ दुर्गाचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ सय ६५ ट्याब्लेट, भोमिन ७ सय ९५ ट्याब्लेट र नगद र ८ हजार ४ सय रूपैयाँ सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका-४ रामघाट बस्ने गोरखा शहिद लखन गाउँपालिका-१ घर भएका २४ वर्षीय विवेक आले मगर र सोही महानगरपालिका-३ बस्ने १९ वर्षीय प्रशान्त गुरूङ रहेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन र वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो। साथै थप अनुसन्धानको क्रममा विवेकको कोठाबाट ट्रामाडोल १ हजार ७ सय २० ट्याब्लेट, भोमिन १ हजार ७ सय ३५ ट्याब्लेट र प्रोमेथ १२ ट्याब्लेट समेत फेला पारी बरामद गरेको छ।

कैलाली, गौरीगंगा नगरपालिका-११ झन्झटपुरस्थित घुम्ती पसलबाट लागूऔषध गाँजा ७० ग्राम सहित ४ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-११ बस्ने ३८ वर्षीय तुला राम चौधरी, ३१ वर्षीय श्रवण कुमार चौधरी, २७ वर्षीय अजय चौधरी र २१ वर्षीय विवश चौधरी रहेका छन्। इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP