Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

क्यान्सरको अन्ताराष्ट्रियस्तरको उपचार नेपालमैविरामीको अनुपातमा छैनन् विज्ञचिकित्सक

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नसर्ने रोगबाट सर्वाधिक मृत्यु हुनेमा क्यान्सरका विरामी रहेका छन्।

‘ग्लोबोक्यान’ नामक एक सर्वेक्षणका अनुसार नेपालमा प्रत्येक वर्ष २० हजारभन्दा बढी क्यान्सरका नयाँ रोगी थपिने गरेका छन्।

ग्लोबोक्यान’कोसन् २०२० को तथ्याङ्कअनुसार क्यान्सरले नेपालमा १६ हजार ६२९ जनाको मृत्यु भएको थियो। यसमा नेपालमा फोक्सोको क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, पेटको क्यान्सर र आन्द्राको क्यान्सर मुख्य रहेको छ। पुरुषमा फोक्सो, पेट, आन्द्रा, मुख र थाइराइडको क्यान्सर बढी देखिएको छ भने महिलामा पाठेघरको मुख, स्तन, फोक्सो, पित्तथैली र डिम्बाशयको क्यान्सर प्रमुख छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने रोग शाखाको विवरणअनुसार नेपालमा नसर्ने रोगबाट हुने कुल मृत्युको कारणमध्ये ११.११ प्रतिशत क्यान्सर छ।

केही वर्षअघिसम्म नेपालमा मुटुसम्बन्धी समस्याबाट धेरै नेपालीको मृत्यु हुन्थ्यो‚ अहिले आएर मुटु रोगबाट भन्दा क्यान्सरबाट हुने मृत्यु बढी छ।

यसको प्रमुख कारण विरामी क्यान्सरको तेस्रो र चौथो चरणमा अस्पताल पुग्नु हो। तर नेपालमा स्वास्थ्यको हिसाबले क्यान्सर जति चुनौतीको रूपमा बढ्दै गएको छ, तदनुरूप यस क्षेत्रका विज्ञ चिकित्सकदेखि आवश्यक रेडियोथेरापी टेक्नोलोजिष्ट जस्ता जनशक्तिको अभाव छ। यसले गर्दा भविष्यमा क्यान्सरको उपचारमा नेपालमा स्वास्थ्यकर्मी नै अभाव हुनेमा यो क्षेत्रका विज्ञले चिन्ता व्यक्त गर्न थालेका छन्।

बढ्दो विरामीको अनुपातमा छैनन् आवश्यक विज्ञ चिकित्सक

क्यान्सरका विरामी प्राय: तेस्रो र चौथो चरणमा मात्रै चिकित्सक तथा स्वास्थ्यकर्मीको सम्पर्कमा पुग्दा उपचारमा चुनौती त छँदै छ भने अर्कोतर्फ क्यान्सर रोगका विरामीको बढ्दो ग्राफ अनुपातमा नेपालमा यस सम्बन्धी उपचार गर्ने विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मीको संख्या ज्यादै न्यून छ। जसले गर्दा अन्तिम स्टेजमा अस्पताल पुगेका विरामीले पनि उपचार पाउन पाउन महिनौँ कुर्नुपर्ने बाध्यता छ।

क्यान्सरका विरामीलाई प्राय: रोगको प्रकृति हेरेर शल्यक्रिया, रेडियोथेरापी र किमोथेरापी तीन तरिकाले उपचार गरिन्छ। समयमा प्रभावकारी उपचार गरेमा क्यान्सर पूर्ण निको हुने भए पनि नेपालमा यससम्बन्धी चिकित्सक र अन्य स्वास्थ्यकर्मी नहुँदा विरामी लामो समयसम्म कुर्नु पर्ने बाध्यता छ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल देशभर ​करिब ४८ देख ५० को हाराहारीमा मात्रै रेडियसन अंकोलोजिष्ट छन्। त्यस्तै मेडिकल अंकोलोजिष्टको संख्या २०, सर्जिकल अंकोलोजिष्ट ७० देखि ८०, मेडिकल फिजिसिष्ट १८ जना तथा २०/२५ जना रेडियोथेरापी टेक्नोलोजिष्ट मात्रै छन्। बढ्दो विरामीको भारमा यसमा उपचार गर्ने स्वास्थ्यकर्मी नै कम हुँदा विरामीले लामो समयसम्म कुर्नुपर्ने बाध्यता रहेको बताउँछन् क्यान्सर रोग उपचारमा संलग्न विशेषज्ञ चिकित्सकहरू।

नेपाल चिकित्सक संघका अध्यक्ष समेत रहेका बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका हेड तथा नेक क्यान्सर सर्जन डा. अनिल कार्कीका अनुसार अहिलेकै अवस्थामा क्यान्सरको प्रभावकारी उपचार हुन चुनौती रहेका कारण थप जनशक्ति परिपूर्ति गर्न अत्यावश्यक रहेको बताउँछन्। त्यसका लागि अब सरकारले क्यान्सर रोकथाम तथा प्रभावकारी उपचारका लागि स्वास्थ्य मन्त्रालय अन्तर्गत छुट्टै विभाग गठन गरेर लाग्नुपर्ने उनको भनाइ छ।

‘क्यान्सरको उपचारको क्षेत्रमा २४ वर्षदेखि लागिरहेको छु। अहिले क्यान्सरको केस झन् बढ्दै गएका छन्’, उनले भने, ‘यही अवस्था रहे भोलिका दिनमा राज्यले धान्नै नसक्ने अवस्था पनि हुनसक्छ। त्यसैले अहिलेदेखि नै रोकथामका लागि छुट्टै विभाग गठन गर्नुपर्छ नत्र भोलि पछुताउनु बाहेक केही हुँदैन।’

यता स्वास्थ्य मन्त्रालयका एक उच्च अधिकारीका अनुसार यही अवस्थामा गए अबको दुईचार वर्षपछि नेपालमा क्यान्सर लगायतका चिकित्सकको अभाव नै हुने बताउँछन्। ती अधिकारीका अनुसार यसको मुख्य कारण भनेको पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनमा झन्झटिलो व्यवस्था हो।

हाल नेपालमा एमबीबीएसको कोर्स पूरा गर्न साढे पाँच वर्ष अध्ययन गर्नुपर्छ। त्यसपछि चिकित्सकले स्नातकोत्तर तहको एमडी वा जनरल सर्जरीमा एमएसको उपाधि पाउन थप तीन वर्ष पढ्नुपर्छ। त्यसपछि पनि पीएचडी सरह वा सुपर स्पेसलिस्ट चिकित्सक उपाधि पाउन डीएम वा एमसीएच कोर्स अध्ययन गर्न पुनः तीन वर्ष पढ्नुपर्ने व्यवस्था छ। ‘अहिलेको चिकित्सा शिक्षा अध्ययन प्रणाली सुधार नगर्ने हो भने भोलिका दिनमा अन्य ठूला रोगका डाक्टरको समेत अभाव हुन्छ’, मन्त्रालयका ती अधिकारी भन्छन्, ‘हाल हाम्रोमा विज्ञ चिकित्सक अभाव हुँदै जानुको प्रमुख कारण समय, लगानी र अवसरका बीचमा देखिएको असन्तुलन हो यसलाई सुधार गर्नुपर्छ।’

तर सबै खालका क्यान्सरको उपचार नेपालमै सम्भव छ

क्यान्सर उपचारमा संलग्न जनशक्तिहरूको कमी हुँदै गए पनि भएका जनशक्तिले नेपालमै अन्ताराष्ट्रिय रूपको क्यान्सर रोगको निदान र उपचार सेवा दिन सक्षम रहेको बताइन्छ।

भक्तपुर क्यान्सर अस्पतालका निर्देशक डा. चालिसेका अनुसार नेपालमा ९५ प्रतिशत क्यान्सरको उपचार हुन्छ। क्यान्सरको उपचारमा नेपाल अन्ताराष्ट्रियस्तरको सेवा मात्रै होइन‚ विश्वकै तुलनामा सस्तो पनि रहेको छ। जसले गर्दा विरामीले कम शुल्कमै अन्ताराष्ट्रिय स्तरको उपचार सेवा सरकारी अस्पतालमा पाउँदै आएका छन्।

हाल सरकारी अस्पतालमा क्यान्सरको प्रकृतिअनुसार विरामीले ४० देखि ५० हजारसम्म क्यान्सरको शल्यक्रिया हुने गरेको छ। ‘सरकारी अस्पतालको सेवा शुल्क एकदमै कम रहेको छ। साथै सरकारले क्यान्सरका विरामीलाई उपचारका लागि र एक लाख उपलब्ध गराउने गर्छ’, उनले भने।

सामान्यतया धेरै जस्तो क्यान्सरको सरकारी अस्पतालमा उपचार गर्दा ४ देखि ५ लाखभन्दा बढी खर्च लाग्दैन। तर निजी अस्पातलमा केही महँगो हुनसक्छ।

नेपालमा सरकारी र निजी अस्पताल दुवैमा क्यान्सरको उपचार हुन्छ। सरकारी अस्पतालको कुरा गर्ने हो भने नेपालभर तीनवटा क्यान्सरको उपचार मात्रै गर्न भनेर सञ्चालित तीनवटा विशिष्टीकृत अस्पताल सञ्चालित छन्।

जसमा भरतपुरस्थित बीपी कोइराला क्यान्सर अस्पताल, भक्तपुरस्थित भक्तपुर क्यान्सर अस्पताल र बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल। यी अस्पतालमा क्यान्सरको पहिचानदेखि क्यान्सरका लागि आवश्यक उपचार सबै उपलब्ध छन्।

यस बाहेक पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षिण अस्पताल र निजामती अस्पतालमा पनि क्यान्सरको उपचारका लागि छुट्टै विशिष्टीकृत विभाग सञ्चालनमा छन्।

यी अस्पतालमा किमोथेरापी, शल्यक्रिया, रेडियोथेरापी, भित्री सेकाइ ब्राकिथेरापी जस्ता उपचार प्रक्रिया कम शुल्कमा उपलब्ध छन्। न्यून आय भएका विरामीका लागि आर्थिक सहयोग र कतिपय सेवा निःशुल्क समेत उपलब्ध गराइन्छ। जस्तो– बालक्यान्सर उपचार पूर्णरूपमा निःशुल्क छ।

त्यसैगरी पाटन अस्पतालमा ब्लड क्यान्सर, मिर्गौलाको क्यान्सर, डिम्बाशयको क्यान्सरका लागि आवश्यक विभिन्न खालका महँगा औषधि निःशुल्क पाइन्छ।

नेपालमा क्यान्सरको उपचारमा प्रयोग हुने प्रायः औषधि पाइन्छ। जुन अन्य देशमा भन्दा सस्तो पनि हुन्छ। किनकि नेपाल जस्ता गरिब मुलुकका लागि ‘पेटेन्ट’ लाग्दैन।

तर हाल नेपालमा सरकारीतर्फ रक्त क्यान्सरको उपचारमा आवश्यक पर्ने बोनम्यारो प्रत्यारोपण भने सिभिल अस्पतालमा मात्रै सञ्चालित रहेको छ भने भरतपुरस्थित बीपी कोइरला क्यान्सर अस्पतालले निकट भविष्यमै बोनम्यारो प्रत्यारोपण सेवा पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ।

हाल देशभर जम्मा ११ वटा रेडियोथेरापी मेसिन रहेको छ तर विरामीको बढ्दो अनुपातमा ३५ वटासम्म यस्ता मेसिन आवश्यक रहेको वीर अस्पतालका क्यान्सर उपचार विभागमा प्रमुख तथा क्यान्सर रोग विशेषज्ञ डा. विवेक आचार्यको भनाइ छ। हाम्रोमा १० लाख जनसंख्या बराबर एक मेसिन आवश्यक हुन्छ जसको आधारमा हाम्रोमा अहिले ३५ वटा रेडियोथेरापी मेसिनको आवश्यकता छ’ ‚ डा. आचार्यले भने।

सीमित मेसिन पनि काठमाडौं केन्द्रित हुँदा बाहिरका विरामीले सहजै उपचार पाउने अवस्था छैन। क्यान्सरमा प्रयोग गरिने रेडियोथेरापी मेसिन काठमाडौँमा सात स्वास्थ्य संस्थामा रहेका छन्। त्यस्तै भरतपुरमा २, विराटनगरमा २, झापामा १ वटा रहेको तथ्यांक छ।

सरकारीतर्फ वीर अस्पतालमा हाल क्यान्सरको उपचारमा पछिल्लो समय विश्वमा निकै प्रभावकारी मानिएको ‘टोमो थेरापी’ रेडियोथेरापी मेसिन सञ्चालनमा छ।

त्रिवि शिक्षण अस्पतालको सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्रकी मेडिकल अंकोलोजिष्ट डा. रक्षा श्रेष्ठ अब सबै सरकारी ठूला अस्पतालमा रेडियोथेरापी मेसिन अनिवार्य गर्नुपर्ने बताउँछिन्। ‘सबै सरकारी रेडियोथेरापी मेसिन आवश्यक छ’, उनी भन्छिन्, ‘यसले गर्दा मात्रै क्यान्सरको उपचार प्रभावकारी हुन्छ।’

सीमित स्रोत साधन र विशेषज्ञ चिकित्सकहरूको उपलब्धतामा पनि क्यान्सरको अन्ताराष्ट्रिय स्तरको गुणस्तरीय उपचार नेपालमै हुँदै आएको छ।

संघ र प्रदेश सरकारले पनि क्यान्सर उपचारमा सहयोग गर्छ

सरकारले पनि क्यान्सर रोगसम्बन्धी जनचेतनाका कार्यक्रमका साथै सरकारले क्यान्सर विरामीलाई सहायता रकम उपलब्ध गराउँदै आएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार सरकारले विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरपीडितका लागि र एक लाखसम्मको औषधि उपचारको व्यवस्था गरेको छ भने प्रदेश सरकारले पनि थप र एक लाखसम्मको उपचार सहायता प्रदान गर्दै आएको छ।

यस्तै नेपालले ‘ग्लोबल प्लाटफर्म फर एक्सेस टु चाइल्डहुड क्यान्सर मेडिसिन्स’ मार्फत आगामी चार वर्षसम्म बालबालिकामा हुने क्यान्सरको उपचारमा आवश्यक ३५ प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ। यी औषधि निकट भविष्यमै नेपाल आउने जनाइएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP