Trending
राजनीति शिक्षकका माग तत्काल सम्बोधन हुनुपर्छ : प्रकाश ज्वाला राजनीति परिवर्तन गर्न खोज्नेहरुलाई सरकारले छानिछानि अवरोध गर्ने प्रवृत्ति देखियोः रास्वपा शिक्षा सरकार र शिक्षकबीच वार्ता हुँदै राजनीति विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकूल असरलाई ध्यान दिएर बजेट आउनुपर्छ : गोकर्ण विष्ट स्वास्थ्य चिकित्सकले आज आकस्मिकबाहेकका सेवा ठप्प पार्दै राजनीति शिक्षा मन्त्रालयले शिक्षकहरूलाई फेरि वार्तामा बोलायो राजनीति शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगन राजनीति कांग्रेसको प्रस्ताव : प्रतिनिधि सभामा आएका विधेयकहरूलाई पारित गर्न समयसीमा तोकौँ समाज समाज मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

च्यासल खेल मैदान मर्मत गर्न दुई करोड लाग्ने

ललितपुर : ललितपुर महानगरपालिका–९ च्यासलस्थित मनोहरा खोला किनारमा च्यासल खेल मैदान गत असोजमा बाढीले बगरमा परिणत गरेको छ। खेलकुद क्षेत्रका अधिकारीले यसको मर्मतसम्भारका निम्ति तत्काल रु दुई करोड आवश्यक हुने बताएका छन्।

च्यासल मैदानलाई पहिलेको अवस्थामा फर्काउन रु दुई करोड बजेट आवश्यक पर्ने राष्ट्रिय खेलकुद परिषद् पूर्वाधार निर्माण तथा मर्मत शाखाका इञ्जिनीयर पूर्ण सुनदासले राससलाई बताए।

उनले भने,“बाढीबाट भएको क्षति र मर्मतको लागतबारे अध्ययन गरी प्रतिवेदन तयार गरेका छौँ।”

च्यासल फुटबल क्लबका अध्यक्ष रमेश बेञ्जनकार ललितपुर महानगरपालिका–९ वडा कार्यालयको सहयोगमा मैदान व्यवस्थापनको प्रयास भएको बताउँछन्। मैदान मर्मतमा अखिल नेपाल फुटबल सङ्घलगायत सरकोकार भएकाहरु मौन रहेकामा उनी दुःखी छन्। खेलकुद परिषद्सँग रु १० लाख माग गरेका तर हालसम्म निर्णय नभएको उनको कथन छ।

ललितपुर महानगरपालिका–९ का वडाध्यक्ष राजु महर्जन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा मैदान मर्मत गरिनुपर्नेमा जोड दिए। दशरथ रङ्गशालाको विकल्पका रुपमा परिषद्ले रु २८ करोड खर्चेर २०७६ सालमा उक्त मैदान तयार गरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP