कपिलवस्तु
शारदा केसी
सुनिश्चत बाल अधिकार समृद्ध नेपालको आधार भन्ने मुल नाराका साथ आज कपिलवस्तु नगरपालिकाको आयोजनामा राष्ट्रिय बाल दिवस २०७६ सम्पन्न भएको छ । सोहि अवसरमा नगरका सामुदायिक बिद्यालय र निजि बिद्यालयका बालबालिका र नगरबाल संजालका १,१ जना बालबालिकाहरुले वक्तित्वकलामा भाग लिएका थिए ।
सुनिश्चत बाल अधिकार समृद्ध नेपालको आधार भन्ने बिषयमा प्रतियोगिता भएको थियो । जस्मा प्रथम नगरस्तरीय बाल संजालका अध्यक्ष गायत्री गुप्ताले नगद रु ४००० र प्रमाण पत्र र दितिय कनकमुनि मा।विका संगिता भुसालले रु ३००० र प्रमाण पत्र तृतियमा तौलेश्वर नाथ सस्कृत मा।विका चन्दा गुप्ताले रु २००० र प्रमाण पत्र र सान्तोनामा सनसनईन ईङलिस बोडिङ स्कुलका विन्दु पुरीले रु १००० र प्रमाण पत्र प्रदान गर्नु भएको थियो ।
सोहि कार्यक्रममा कपिलवस्तु नगरपालिका भित्र रहेका सामुदायिक बिद्यालय र निजि बिद्यालय गरि २ छात्रा र २ छात्र लाई एस ई ई मा उत्कृष्ठ जिपिए लिएर उतिर्ण भएकोमा नगद रु ७००० र प्रमाण पत्रले सम्मान गरीएको थियो । निजि तर्फ शान्ति निकेतन ईङलिस बोडिङ स्कुलका मोसिम अहमत,एच डि ईङलिस बोडिङ स्कुलका बिन्दु पुरी रहनु भएको छ । सामुदायिक बिद्यालय तर्फ तिलौराकोट मा।वि का असरत अहमत खाँ,शुर्ति वर्मा रहनु भएको छ ।
साथै आज बाल दिवसकै दिन कपिलवस्तु बाल गुहमा गरिएका कार्यक्रमका प्रथम,दितिय र तृतियलाई पुरस्कार गोरेठो नेपालले वितरण गरेको छ । कार्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख तथा उप सचिव हरि प्रसाद ज्ञेवालीले बाल अधिकारको सुनिश्चतका लागि सबै हातेमालो गरेर जानु पर्ने बताउनु भयो ।
नेपाल बाल संगठन तथा कपिलवस्तु बाल गृहका अध्यक्ष राजु अर्यालले सबै वालवालिकाहरु शिक्षा बाट बन्चित नहुने जिम्मा नेपाल सरकारले लिनु पर्ने र आमा बुवा गुमाएका बालबालिकालाई स्थानियले संरक्षण गर्नलाई सहयोग गर्नु पर्ने बताउनु भयो । कपिलवस्तु नगरपालिकाका प्रमुस प्रशासकिय अधिकृत बिमल राज आचार्यले नगरपालिका सधै बालबालिकाको क्षेत्रमा काम गरेको र आगामि दिनमा पनि गर्दै जाने बताउनु भयो ।
कपिलवस्तु नगरपालिका उप प्रमुख लक्ष्मि गुप्ताले नगरका बालबालिकाको सेवा सुबिधाका लागि आफुल सक्दो कार्य गर्ने बताउनु भयो । कार्यक्रमको समापन गर्दै नगर प्रमुख किरण शिंहले बालबालिका देशका कणधार भएको हुदा नगरका हरेक क्षेत्रमा बाल अधिकार सुनिश्चताको पहल गर्ने बताउनु भयो । कपिलवस्तु नगर प्रमुख किरण शिंहको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कपिलवस्तु नगरपालिकाका प्रमुस प्रशासकिय अधिकृत बिमल राज आचार्य रहनु भएके थियो ।
कपिलवस्तु नगरपालिका उप प्रमुख लक्ष्मि गुप्ता, नेपाल बाल संगठन तथा कपिलवस्तु बाल गृहका अध्यक्ष राजु अर्याल, कपिलवस्तु नगरपालिका शिक्षा शाखा प्रमुख तथा उप सचिव हरि प्रसाद ज्ञेवाली,गोरेटो नेपालका सचिव मिलन के।सी।, सम्पुर्ण वडाध्यक्ष लगाएतको सहभागिता रहेको कार्यक्रमको संचालन कपिलवस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदम श्रेष्टले गर्नु भएको थियो ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया