Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

महिला क्रिकेट : नेपाल जितविहीन, थाइल्याण्डले जित्यो सिरिज

काठमाडौं : त्रिकोणात्मक महिला टी–ट्वेन्टी अन्तर्राष्ट्रिय श्रृंखलाको अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ।

शुक्रबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य थाइल्याण्डले १७ ओभरमा ३ विकेट गुमाएर भेट्टायो।

थाइल्याण्डका लागि कप्तान नारुमोल चाइवाइले अविजित रहँदै सर्वाधिक २७ रन बनाइन् । त्यस्तै नानपत कोन्चारोन्काइले २३ रन बनाइन् ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको हो । नेपालका लागि सम्झना खड्काले १७, कविता जोशीले १४, कपतान इन्दु बर्माले १० रन बनाउँदा डेब्यु गरेकी राजमती ऐरी ११ रनमा अविजित रहिन्।

अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्। जारी सिरिजमा खेलेका सबै ६ खेलमा नेपाल जितविहीन बन्यो ।

यसअघि नेपाल थाइल्याण्डसँग पहिलो खेलमा ४ विकेट र दोस्रो खेलमा ५ रनले पराजित भएको थियो । जितसँगै थाइल्याण्डले शृंखलाको उपाधि पनि जितेको छ । थाइल्याण्डले खेलेका ६ मध्ये ५ खेलमा जित निकालेको थियो । थाइल्याण्डले नेदरल्याण्ड्ससँगको एक खेलमा मात्रै हार व्यहोरेको हो।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP