
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १ फागुन ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ लालुपुरमा वडा स्तरीय खानेपानी तथा सरसफाई सम्बन्धी अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, प्रधानाध्यापक, प्रहरी, समाजसेवी, समाजका अगुवा लगायत सराेकारवालहरुसँग अन्तरक्रिया तथा अभिमुखीकरण गरिएको हाे ।
गाउँपालिका वास संयाेजक अर्जुन बेल्बासेले गाउँपालिकाले लागू गरेकाे सचेत परिवार परिचयलाई कार्यान्वयन जाेड दिएकाे बताए । उनले त्यसमा उल्लेख गरिएका ७ बुँदे प्रतिबद्धतालाई पूरा गरेकाे र नगरेकाे व्यक्तिलाई निगरानीमा राखेकाे बताउँदै सचेत परिवार परिचय पत्र अनुसार ती बुुँदा कार्यान्वयन नभएकाे पाइएका कारवाही गर्ने बताए ।
वास संयाेजक बेल्बासेका अनुसार वडाभित्र १ हजार ५३ घरधुरी रहेकाे छन् । जसमध्ये ८ सय ९ घरमा शाैचालय भएर र १ सय ४४ घरमा शाैचाललय नभएको तथ्यांकमा पाइएको छ । ६० नयाँ शाैचालय निर्माण भइरहेको र ३ सय ५० घरधुरी शाैचालय प्रयोग नगरेको पाइएकाे छ । यस्तै १ सय ५ ठाउँमा सडक तथा नाली अवराेध गरेकाे तथ्यांक प्रस्तुत गरिएको थियोे ।
वडा अध्यक्ष नेपाल चाैधरीले बिस्तारै शाैचालय निर्माण, प्रयाेग र सरसफाई अभियानकाे निरन्तरता बढ्दै गएको बताए । उनले मानिसको बानी व्यवहारमा परिवर्तन ल्याउन निकै चुनाैतीपुर्ण काम भएको बताउँदै सबैले हातेमालो गर्दै यस अभियानमा लाग्नुपर्ने बताए । उनले पहिला भन्दा धेरै परिवर्तन आएको बताउँदै सबै अनिवार्य शाैचालयकाे प्रयाेग गर्न अनुरोध गरे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया