Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लागू औषधविरुद्ध बृहत जनचेतनामूलक ¥याली सम्पन्न

कपिलवस्तु – नेपाल प्रहरीले “हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी” भन्ने नाराका साथ प्रहरी-स्थानीय तह साझेदारीमा वृहत सुरक्षा सचेतना अभियान सुरू गरेको छ।

अभियानको पहिलो दिन लागू औषधविरुद्ध बृहत जनचेतनामूलक ¥याली निकालिएको छ। कृष्णनगर नगरपालिकाको समन्वयमा निकालिएको ¥यालीमा नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटा, ईलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक सुरज खत्री, कृष्णनगर नगरपालिका स्वरोजगार शाखा प्रमुख इश्वरी पौडेल, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय, सशस्त्र प्रहरी बल कृष्णनगरका प्रतिनिधिहरू, होटल व्यवसायी , विभिन्न संघसंस्था तथा महेन्द्र माविका विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

¥याली नगर परिक्रमा गर्दै लागू औषधको दुव्र्यसन समाजका लागि घातक रहेको सन्देश प्रवाह गरिएको थियो। सहभागीहरूले प्लेकार्ड र ब्यानरसहित “लागू औषध दुर्व्यसनको अन्त्य गरौं”, “स्वस्थ जीवन, हाम्रो पहिचान” जस्ता नारा लगाएका थिए।

कार्यक्रमका वक्ताहरूले लागू औषधको बढ्दो प्रयोगले युवा पुस्तालाई असर पारिरहेको उल्लेख गर्दै यसलाई रोक्न सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको बताए। प्रहरी निरीक्षक सुरज खत्रीले समुदायको साथ र सहयोग बिना लागू औषधविरुद्धको अभियान सफल नहुने बताउँदै सचेतनाका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

नगरपालिकाका प्रमुख प्रशासनिक अधिकृत खेमराज देवकोटाले नगरस्तरमा लागू औषध नियन्त्रण तथा जनचेतना अभिवृद्धि गर्न आवश्यक नीति तथा कार्यक्रमलाई प्राथमिकतामा राखिने बताए।

¥यालीले नगरवासीमा लागू औषधको दुष्प्रभावबारे जानकारी दिने तथा यसको रोकथामका लागि सामुदायिक जागरण बढाउने विश्वास गरिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP