Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रहरी आफै लेखिदिन्छन् पीडितको निवेदन

कपिलवस्तु, फागुन ६ गते । छिमेकीको कुटपिटबाट घाइते यशोधरा ३ का संजय कोहार आर्थिक रुपमा पनि विपन्न थिए । पिडक विरुद्ध निवेदन लेखाउने रकम समेत नभएपछि उनी जिल्ला प्रहरी कार्यालयमा गई मौखिक जानकारी गराए । लगत्तै प्रहरी आफैले घटनाको पूर्ण व्यहोरा अनुसार संजयको जाहेरी निवेदन लेखिदिए र दर्ता पनि गरेर कारवाही प्रकृया अघि बढाए ।

विगत ३ महिना यता जिल्ला प्रहरी कार्यालयले कार्यालयमा आएका पीडितहरुको निःशुल्क निवेदन लेखिदिन थालेका छन् । जसको लाभ आर्थिक रुपमा विपन्न रहेका संजय जस्ता सयौ पीडितहरुले लिइरहेका छन् । विभिन्न फौजदारी, दुनियावादी तथा देवानी विषयका घटनाको जाहेरी निवेदनमै पीडितले ५ सय देखि १ हजार रुपैया सम्म निवेदन लेखाएबापत दिदै आएका छन् । तर आर्थिक रुपमा विपन्न रहेका पीडितहरुका लागि भने प्रहरीले आफै जाहेरी लेखिदिन थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको नौलो अभ्यासले पीडितको पीडामा केहि भएपनि राहत महसुस गराएको देखिन्छ । प्रहरी उपरिक्षक निरन्जनदत्त भट्टले जिल्ला प्रहरी कार्यालयमा मात्र नभई मातहतका सबै प्रहरी कार्यालयमा निःशुल्क निवेदन लेखिदिन थालेकाे बताए । ‘एक त घटनाबाट पीडित, त्यसमाथि आर्थिक अवस्था कमजोर भएकालाई थप पीडित नबनाउन र प्रहरी मेरो साथीको भावनालाई बढावा दिनका लागि यो प्रयास सुरु गरेका हौ’ उपरिक्षक भट्टले भने ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिले सम्म जिल्ला तथा अन्य ईलाका प्रहरी कार्यालय गरि १ सय १५ जना पीडितको निवेदन जाहेरी लेखिएको छ । प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीका अनुसार यस सुविधाबाट सबै भन्दा बढि अशिक्षित, उत्पीडित तथा विपन्न समुदाय र महिलाहरु बढि लाभान्वित भएका छन् ।

“घटना बारे विस्तृत जानकारी लिएर आर्कषित हुने कानुन अनुसार जाहेरी लेखिदिदा घटना अन्यत्र नमोडिने र अनुसन्धानमा समेत सहज बन्दै गएको छ” डिएसपी अधिकारीले भने ।

सामान्य देखि गम्भिर प्रकृतिका निवेदन जाहेरी प्रहरीले कानून सम्मत लेखिदिदा समेत पीडितहरु यसबारे अनभिज्ञ हुदा अधिकांश सेवाग्राही लाभबाट बञ्चित रहेको डिएसपी अधिकारीको भनाई छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP