Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पाकिस्तानमा हुने दक्षिण एशियाली एथ्लेटिक्स क्रस कन्ट्री पाँच नेपालीले खेल्ने

काठमाडौँ : नेपालका पाँच खेलाडीले पाकिस्तानमा हुने दक्षिण एशियाली एथ्लेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन्।

आगामी फागुन ११ गते पाकिस्तानको इस्लामावादमा उक्त प्रतियोगिता हुँदै छ। प्रतियोगिताको सिनियरमा दुई र जुनियरमा तीन गरी पाँच पुरुष खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन्।

उक्त प्रतियोगितामा सहभागी हुन नेपालका पाँच खेलाडीसहित सातसदस्यीय नेपाली टोली बिहीवार पाकिस्तानको इस्लामाबाद प्रस्थान गर्नेछ।

प्रतियोगिताको सिनियरमा सुशीलकुमार शाही र सञ्जय श्रेष्ठले चुनौती प्रस्तुत गर्दै छन्। जुनियरमा भने बादल कार्की, अजय विक र कृष्णबहादुर परियारले खेल्नेछन्।

सिनियरमा १० किलोमिटर तथा जुनियरमा ८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुने नेपाल एथ्लेटिक्स संघले जनाएको छ। उनीहरूको प्रशिक्षकमा विमला राना मगर तथा व्यवस्थापकमा भीमकुमारी भुसाल छन्। राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले बुधवार नेपाली टोलीलाई बिदाइ गरेका थिए।

सो अवसरमा घिसिङले आफूले गरेको प्रशिक्षणअनुरूप प्रतियोगिता पनि देखाउन सुझाव दिए। साथै उनले एशियन गेम्सको तयारीमा रहेको मिसन–२०२६ मा स्थान बनाउनका लागि उत्कृष्ट प्रदर्शन गर्न सुझाव दिँदै अहिले मिसन–२०२६ मा रहेका खेलाडीले राम्रो गर्न नसके उनीहरूको स्थानमा नयाँ राम्रा खेलाडीले अवसर पाउने स्पष्ट पारे।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP