Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कृष्णनगरबाट १४ किलाे बढी चरेससहित ३ जना पक्राउ

कृष्णनगर, ११ फागुन ।

कपिलवस्तुकाे कृष्णनगरबाट चरेससहित ३ जना पक्राउ परेका छन् । प्रहरीले १४ किलाे ७ सय ७४ ग्राम लागु औषध चरेससहित उनीहरुलाई पक्राउ गरेकाे हाे ।

कृष्णनगर नगरपालिका-२ यात्रुगेट स्थित शंकास्पद रुपमा नेपालबाट भारततर्फ जाँदै गरेकाे अवस्थाका प्रहरीले चेकजाँच गर्ने क्रममा उनीहररुकाे साथबाट चरेस जस्तो देखिने पदार्थसहित २ महिला र १ पुरुष पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा राेल्पाकाे थवाङ गाउँपालिका-५ का ४८ वर्षीय प्रेम सरी राेका, रुकुमकाे भुमे गाउँपालिका-२ का ३६ वर्षीय सरिता पुन मगर र राेल्पाकै उवा साविक गाविस हाल कपिलवस्तु जिल्लाकाे शिवराज नगरपालिका-९ का ६६ वर्षीय सुकलाल घर्ती मगर रहेका छन् ।

सेतो प्लाष्टिकमा पोको पारी सेतो कार्टुन टेपले बेरी पोका पोका बनाई बाहिरबाट सेतो कोरा कपडाले छोपी धागोले सिलाई बेल्ट बनाई कम्बरमा बाँधी लुकाई छिपाई राखेको अवस्थामा प्रेम सरी रोकाको साथबाट ५ किलो ९ सय ६८ ग्राम, सरिता पुन मगरकाे साथबाट ५ किलाे ६ सय ६८ ग्राम र सुकलाल घर्ती मगरकाे साथबाट ३ किलाे १ सय २८ ग्राम चरेससहित माेबाइल ३ थान बरामद भएको प्रहरी निरीक्षक सुरज खत्रीले जानकारी दिए । जिल्ला अदालतबाट १० दिनकाे म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP