Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वार्ताका क्रममा जब ट्रम्पले जेलेन्स्कीलाई ह्वाइट हाउसबाट बाहिरिन भने…

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताका क्रममा भनाभन भएपछि युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्की ह्वाइट हाउसबाट बाहिरिएका छन्।

ह्वाइट हाउसमा आफ्ना उपराष्ट्रपति जेडी भान्सको साथमा रहेका राष्ट्रपति ट्रम्पले जेलेन्स्कीलाई विभिन्न आरोप लगाएपछि भनाभनको स्थिति बनेको हो। जेलेन्स्की महत्त्वपूर्ण खनिजसम्बन्धी सम्झौता गर्न अमेरिका पुगेका हुन्।

ट्रम्पले तेस्रो विश्व युद्ध निम्त्याउन खोजेको र अमेरिकाले सहयोग नगरे रुससँगको युद्ध दुई सातामा सकिने भनेपछि दुई नेताबीच भनाभन भएको हो। भनाभनको स्थिति बढ्दै जाँदा ट्रम्पले ह्वाइट हाउस छाड्न भनेपछिजेलेन्स्की कुराकानी छोडेर निस्किए।

बैठक तनावपूर्ण भएर सकिएपछि जेलेन्स्कीले अमेरिकासँग खनिजसम्बन्धी र युद्धविरामसम्बन्धी रुसँग कुनै सम्झौता नहुने ​प्रतिक्रिया दिए। युक्रेन र अमेरिकाको सम्बन्ध दुई राष्ट्रपतिको सम्बन्धभन्दा धेरै माथि रहेको बताए। उनले अमेरिकाले युद्धको क्रममा गरेको सहयोगमा धन्यवाद दिए।

यता ट्रम्पले सामाजिक सामाजिक सञ्जालमा जेलेन्स्कीले अमेरिकी नागरिकको अपमान गरेको आरोप लगाएका छन्।

दुई राष्ट्रपतिबीच मतभेद बढेपछि पत्रकार सम्मेलन पनि रद्द गरियो। बैठकमा जेलेन्स्कीमाथि ‘लज्जास्पद व्यहवार’ गरेको भन्दै डेमोक्र्याटहरूले राष्ट्रपतिट्रम्पको आलोचना गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP