
कृष्णनगर, १९ फागुन ।
कपिलवस्तुमा बसकाे सिटमुनि फल्स बक्स बनाई तस्करी भइरहेको पाइएकाे छ । जिल्लाकाे कृष्णनगर नाकाबाट बसमा कृत्रिम सिट निर्माण गरि भारतबाट अवैध रुपमा विभिन्न सामग्रीकाे तस्करी भएकाे पाइएको हाे ।
कृष्णनगर-चन्द्राैटा सडक खण्डमा चल्ने यात्रुबाहक बसबाट अवैध साडी, लेडिज सुट, कुर्ता सुरवाल, लेडिज अण्डर वियर, लेडिज वानपिस, चिसो पेय पदार्थ, ड्राई फ्रुट्स काजु, बदाम, पास्ता र खजुर लगायत सामग्री प्रहरीले बरामद गरेकाे छ । प्रहरीले भारतबाट भन्सार छली ल्याउँदै गरेकाे १ लाख ५ हजार रुपैयाँकाे सामग्री बरामद गरि कृष्णनगर भन्सारलाई बुझाएको छ ।
बिओपी भिल्मीबाट सशस्त्र प्रहरीले महाराजगञ्ज नगरपालिका- ७ सतभरामा अवैध रूपमा नेपाल तर्फ ल्याइँदै गरेको गुल, सुर्ती, काजु, बदाम लगायत किराना सामान नियन्त्रणका लिएकाे छ । उक्त सामान ३२ हजार २ सय ७१ रुपैयाँकाे रहेकाे प्रहरीले जनाएको छ ।
यस्तै बिओपी विजयनगरले विजयनगर गाउँपालिका-२ लोहरौलामा भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १ सय ५० किलाे ब्रोइलर कुखुरा सहित लु १७ प ४२७५ नम्बरको माेटरसाइकल पक्राउ गरेकाे छ । बरामद गरिएको अवैध कुखुरा नष्ट गरिएको र ढुवानीमा प्रयोग भएको माेटरसाइललाई आवश्यक कारवाहीका लागि भन्सार पठाइएको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म कृष्णनगरका सशस्त्र प्रहरी नायब उपरीक्षक अरुण कुमार सिंहले कुल २ लाख ३२ हजार ७ सय ७१ रुपैयाँ बराबरको अवैध सामान र सावारी साधान कृष्णनगर भन्सार कार्यालयमा आवश्यक कारवाहीका लागि बुझाएको जानकारी दिए । उनले सशस्त्र प्रहरी बलले अवैध सामान तस्करी रोक्न सीमा क्षेत्रमा कडा गस्ती जारी राखेको बताए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया