Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कपिलवस्तु पुगेर कुलमान घिसिङ्गले दिए सरकारलाई धन्यवाद

भुपाल थापा
फागुन २१ गते । नेपाल विधुत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गले सरकार र गृहमन्त्रालयलाई धन्यवाद ब्यक्त गरेका छन् । नेपाल बिद्युत प्रधिकरण तौलिहवा वितरण केन्द्र कपिलवस्तुले बुधबार राखेको मोतिपुर-तौलिहवा ३३ केभी डबल सर्किट लाइन तथा नयाँ भवनको समुद्घाटन समारोह तथा सम्मान कार्यक्रममा प्रमुख अतिथीको रुपमा बोल्दै उनले सरकार र गृहमन्त्रालयलाई धन्यवाद ब्यक्त गरेका हुन् ।

लामो अवरोधपछि मोतिपुर–तौलिहवा ३३ केभि डबल सर्किट लाइन निर्माण कार्य सम्पन्न हुनुमा सरकार र गृहमन्त्रालयका मातहतका निकायको भूमिका अहम् र प्रशंसनीय रहेको भन्दै उनले धन्यवाद प्रकट गरेका हुन् । सदरमुकाम तौलिहवा लगायत कपिलवस्तुका दक्षिणतर्फका कपिलवस्तु नगरपालिका, यशोधरा गाउँपालिका, मायादेवी र शुद्धोधन गाउँपालिकामा भरपर्दो विद्युत उपलब्ध हुने उनले बिश्वास ब्यक्त गरे ।

नेपाल विद्युत प्राधिकरण, लुम्बिनी प्रादेशिक कार्यालय मातहतका जिल्लाहरू अर्घाखाँची, गुल्मी, पाल्पा, कपिलवस्तु, रुपन्देही र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) लाई पूर्ण विद्युतीकरण गर्ने कार्य चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य रहेको प्रादेशिक प्रमुख हरि प्रसाद पाण्डेले बताए । यस जिल्लाका स्थानीय तहहरूको कुनै स्थानको गाउँ वा टोलमा विद्युतको पहुँच नपुगी बत्ती नबलेको स्थिति भए सम्बन्धित वितरण केन्द्रहरू वा प्रादेशिक कार्यालयमा जानकारी गराउन समेत उनले आग्रह गरेका छन् ।

बिद्युत प्रशारण लाइनमा स्थानीय जनताले सहयोगी भूमिका निर्वाह गर्नु अत्यन्तै आवश्यक रहेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालले बताए । लुम्बिनी प्रदेशका अन्य जिल्लाहरुको अनुभव बाँड्दै अर्यालले बिकास निर्माण र हितका लागि बल प्रयोग गर्नु/हुनुलाई सकारात्मक रुपमा ग्रहण गर्न सबैलाई आग्रह समेत गरे ।

बिद्युत प्रशारण लाइनमा सुरक्षा निकायको भूमिका निकै उल्लेख्य रहने हुँदा चुहावट नियन्त्रण र राजश्व संकलनमा समेत अभिवृद्धि हुने वितरण केन्द्र तौलिहवाका प्रमुख गौरव पाण्डेले बताए । सदरमुकाम क्षेत्रको बिद्युत समस्याका रुपमा रहेको लो भोल्टेज लगायतका समस्याहरु क्रमशः समाधान हुँदै जाने उनले उल्लेख गरे । सदरमुकाम क्षेत्रले अब गुल्जार पाउनेमा बिश्वस्त रहन उनले सबैलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा नवनिर्मित भवनको समेत समुद्घाटन गरिएको छ । बिद्युत प्रशारण लाइनको संचालनमा अतुलनीय सहयोग र साथ दिएको भन्दै कार्यकारी निर्देशक घिसिङ्गले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी बिश्वप्रकाश अर्याल, प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट, सशस्त्र प्रहरी उपरीक्षक नेत्र के.सी. लगायतलाई प्रमाणपत्र सहित सम्मान गरेका छन् ।

कार्यक्रममा बुटवल ग्रीड महाशाखा प्रमुख सुरज गौतम, लुम्विनी प्रादेशिक लेखा प्रमुख फर्सुराम पाण्डे, बिभिन्न बितरण तथा ग्रीडका प्रमुखहरु, पत्रकार महासंघ कपिलवस्तु अध्यक्ष डिलाराम भुसाल, किरणमान बज्राचार्य लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP