Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्रोत नखुलेको २८ लाख ९० हजार रकमसहित चार जना पक्राउ

जानु पाण्डे

कपिलवस्तु, फागुन २३ गते । इलाका प्रहरी कार्यालय पिपराले कपिलवस्तुको बाणगङ्गा नगरपालिकाबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपियाँ बरामद गरेको छ ।

नगरपालिकाको वडा नम्बर ४ जितपुरस्थित केसी फेन्सी स्टोरमा भारतीय नोटको कारोबार हुँदै गरेको सूचनाको आधारमा प्रहरीले छापा मार्दा चार जनाको साथबाट उक्त रकम बरामद गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताउनुभयो ।

पक्राउ पर्नेमा अर्घाखाँची सन्धिखर्क नगरपालिका ५ बस्ने वर्ष ३० को गोविन्द विक, कपिलवस्तु मायादेवी गाउँपालिका ८ वर्ष ३८ को सोमनाथ कसौधन, कपिलवस्तु नगरपालिका ११ का वर्ष ४२ का शेष नारायण गिरी र बुटवल उपमहानगरपालिका १६ का वर्ष ४१ को वसन्त खरेल रहेका छन् ।

प्रहरीले विक को साथबाट भारतीय पाँच सयका नोट एक हजार आठ सय थान गरी भारु नौ लाख (१४ लाख ४० हजार नेपाली रुपियाँ) र कसौधनको साथबाट १४ लाख ५० हजार नेपाली रुपियाँ बरामद गरेको छ ।

उनीहरूलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय रूपन्देहीमा पठाइएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक लोकेन्द्र जिसीले बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP