
काठमाडौँ : प्रतिनिधिसभा, राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समिति सदस्यहरूले आज नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गरेका छन्। उनीहरूलाई प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले स्वागत गरे।
भ्रमणका क्रममा सभापति खतिवडा नेतृत्वको टोलीले नेपाल कार्यालयस्थित सङ्ग्रहालय र डाटा सेन्टरको निरीक्षण गर्नाका साथै सोसम्बन्धी गतिविधिबारे जानकारीसमेत लिएको थियो।
त्यस अवसरमा आयोजित कार्यक्रममा सभापति खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका सराहनीय रहेको बताए।
उनले आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान समितिले गर्नुपर्ने सहयोगको लागि सदैव तयार रहेको बताए।
सभापति खतिवडाले प्रहरी विधेयक संशोधनका लागि सबै सरोकार भएका पक्षसँग समन्वय गरी यसलाई अझ जनतामैत्री एवं प्रहरीमैत्री बनाउन बृहत् छलफल गरेर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे।
प्रहरी कर्मचारीको मनोबल उच्च बनाउनका लागि समितिबाट सदैव सकारात्मक सहयोग र समन्वय हुने उनको प्रतिबद्धता थियो।
प्रहरी महानिरीक्षक कुँवरले नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तरराष्ट्रिय मापदण्डले समेत निर्दिष्ट गरेको आफ्नो काम कारबाही र उत्तरदायित्वप्रति निष्ठावान् रही सङ्गठनले कार्यसम्पादन गर्दै आएको बताए।थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया