Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

झापामा युवासंघका केन्द्रीय सदस्यमाथि तरवार प्रहार

झापा : झापाको बिर्तामोडमा तरवार प्रहारबाट नेकपा एमालेको भातृ संस्था राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य तथा झापा इन्चार्जसहित तीनजना घाइते भएका छन्।

घाइते हुनेहरूमा बिर्तामोड नगरपालिका–४ का ३७ वर्षीय खगेन्द्रराज आङदम्बे, एमालेका बिर्तामोड नगर कमिटी सदस्य ३५ वर्षका विश्वदीप राजवंशी र एमालेकै कार्यकर्ता अजय खवास रहेका छन्। घाइतेहरूको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ।

उनीहरुलाई बिर्तामोड नगरपालिका–४ का खगेन्द्र खालिङ राईलगायतको समूहले धारिलो हतियार प्रहार गरी कुटपिट गरी घाइते बनाएको झापा प्रहरीले जनाएको छ। उनी लिम्बुवान संगठनमा रहेको बताइएको छ।

गएराति १२ बजे बिर्तामोड नगरपालिका–४ भद्रपुर रोडमा रहेको दरबार रेस्टुरेन्ट अगाडि सोही रेस्टुरेन्टमा बसेर घर फर्किने क्रममा दुई समूहबीच झडप भएको थियो।

आपसी लेनदेनका विषयमा उनीहरूबीच विवाद भएको हुनसक्ने आशंका गरिएको छ। घटना संलग्नहरु फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP