Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रचण्डले सम्बोधन गर्दा यसपटक पनि प्रधानमन्त्री ओली अनुपस्थित रहने

काठमाडौं : प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसद्मा सम्बोधन गर्दा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहने भएका छन्। प्रधानमन्त्री ओली विराटनगर जाने जाने कार्यक्रम भएकाले भएकाले प्रचण्ड बोल्दा प्रतिनिधिसभामा अनुपस्थित रहनेछन्।

प्रधानमन्त्री ओली कोशी प्रदेश सभालाई सम्बोधन गर्न र पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहलाई सम्बोधन गर्न विराटनगर जाँदै छन्। यसकारण पनि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको बैठकमा उपस्थित रहने छैनन्।

यसअघि गत २४ माघमा पनि प्रचण्डले प्रतिनिधिसभामा सम्बोधन गर्दा प्रधानमन्त्री ओली उपस्थित थिएनन्। त्यतिबेला प्रचण्डले प्रधानमन्त्री ओलीको खोजी गरेका थिए।

उनले भनेका थिए, ‘संसदीय लोकतन्त्रको परम्पराअनुुसार सत्ता पक्षको तर्फबाट बोल्दा प्रधानमन्त्रीजीले सम्बोधन गर्दै गर्दा प्रमुख प्रतिपक्षी दलका नेताहरू उपस्थित रहनु र प्रमुख प्रतिपक्षी दलको नेताले सम्बोधन गर्दा प्रधनमन्त्री उपस्थित रहने परम्परा छ।’

त्यस दिन प्रधानमन्त्री ओली उपस्थित भएनन्। सो समयमा उनले टिकटकरलाई बालुवाटारस्थित निवासमा भेटेको तस्वीर सार्वजनिक भएको थियो। त्यसपछि प्रधानमन्त्रीको आलोचना पनि भएको थियो। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP