
आरती परियार
विजयनगर, २८ फागुन ।
कपिलवस्तुकाे कृष्णनगर नगरपालिका-९ बहादुरगञ्जमा रहेकाे छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालकाे नवनिर्मित ३ तल्ले भवनकाे उद्घाटन गरिएको छ । नेपाल नेत्रज्योति केन्द्रिय अध्यक्ष चेेतराज पन्थ र पुर्व सांसद अभिषेक प्रताप शाहले संयुक्त रुपमा नवनिर्मित आँखा अस्पताल तथा कर्मचारी निवास भवनकाे उद्घाटन गरेका हुन् ।
अस्पतालकाे आन्तरिक स्राेत, संविधान सभा सदस्य अभिषेक प्रतापकाे तत्कालीन संसदीय विकास काेषकाे ५० लाख, कृष्णनगर नगरपालिका, शिवराज नगरपालिका, विजयनगर गाउँपालिका, बुद्धभूमि नगरपालिका लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय लगायतकाे विभिन्न सराेकारवाला निकायकाे सहयोगमा ३ तल्ले भवन निर्माण भएको आँखा अस्पतालका प्रमुख प्रशासकीय जसराज विश्वकर्माले जानकारी दिए ।
भवन निर्माणपछि प्रशासनिक व्यवस्थापन र बिरामीलाई उपचार सेवा सहजता हुने उनले बताए । पुरानै टिनकाे छाना भएको भवनबाट बिरामीलाई उपचार सेवा दिँदै आएकाे बताउँदै सुविधायुक्त भवनबाट सेवा सुविधा प्रवाह हुने उनले बताए ।
कार्यक्रमलाई लुम्बिनी प्रदेश सभा सदस्य जानकी यादव, अर्जुन कुमार केसी, संविधान सभा सदस्य अभिषेक प्रताप शाह, कृष्णनगर नगर प्रमुख रजत प्रताप शाह लगायतले सम्बाेधन गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया