Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

काेराेना परीक्षण रिपाेर्ट नेगेटिभ आएपछि अर्घाखाँचीका १५७ जना डिस्चार्ज

अर्घाखाँची – अर्घाखाँचीमा आइसाेलेशनमा रहेका एक सय ५७ जनालाई डिस्चार्ज गरिएकाे छ । 

आइसोलेशनमा बसेका एक सय ५७ जनाको दोस्रो कोरोना पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बताउनुभयो ।

कोरोना परीक्षणा रिपाेर्ट नेगेटिभ देखिनेमा शीतगङ्गा नगरपालिकाका ५५ जना, सन्धिखर्क नगरपालिका ३९ जना, भूमिकास्थान नगरपालिकाका १९ जना, मालारानी गाउँपालिकाका ३८ जना, पाणिनी गाउँपालिकाका पाँच जना, छत्रदेव गाउँपालिका एक जना गरी एक सय ५७ जना रहेको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिनुभयो ।

जिल्लाका विभिन्न ठाउँमा निर्माण गरिएका आइसोलेशनबाट उनीहरुलाई केही हप्ता होम क्वरेण्टीनमा बस्ने गरी घर पठाइएको छ । अर्घाखाँचीमा अहिलेसम्म तीन सय २१ जनामा कोरोना सङ्क्रमण देखिएकाे छ । सङ्क्रमितमध्ये दुई जनाको ज्यान गएको छ । अहिले क्वरेण्टीनमा पाँच सय तीन जना रहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP