Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

गधाको दूधबाट बन्ने एक किलो चीजको मूल्य एक लाख ८० हजार

काठमाडौं : गधाको दूधबाट बनाइने एक किलो चीजको मूल्य १२ सय यूरो अर्थात् १ लाख ८० हजार नेपाली रुपैयाँ भन्दा बढी पर्छ।

सर्वियामा प्यूल चीज नाम दिएको यो दुर्लभ खाद्यपदार्थ राजधानी बेल्ग्रेडबाट झन्डै ८० किमि पश्चिममा अवस्थित जासाभिचा प्रकृति आरक्षमा मात्र किन्न पाइन्छ।

‘एक केजी चीज बनाउन गधाको २५ लिटर दूध चाहिन्छ। एउटा गधालाई त्यति दूध दिन डेढ वर्ष लाग्छ’, उक्त आरक्षका प्रबन्धक भुक सिमिचले बीबीसी न्यूज सर्बियनलाई भने।

तर प्यूल चीज सबैभन्दा महँगो चीज भने हैन। अहिले सबैभन्दा महँगो चीजको शीर्षस्थानमा स्प्यानिश काब्रालेस ब्लू चीज छ। गिनिस बुक अफ वर्ल्ड रेकर्ड्सका अनुसार सन् २०२४ मा उक्त चीजको २ दशलमव ५ केजी ३६ हजार यूरोमा बिक्री भएको थियो।

त्यस हिसाबले एक केजीको मूल्य १,४४० यूरो पर्‍यो अर्थात् दुई लाख १६ हजार नेपाली रुपैयाँभन्दा बढी रहेको छ।

सर्बियाका विश्वविख्यात टेनिस खेलाडी नोभाक जोकोभिच पनि यो चीजप्रति आकर्षित देखिन्छन्। जोकोभिचले आफ्नो स्वामित्वमा भएका रेस्टुराँहरूका लागि एक वर्षभरि उत्पादित सबै प्यूल चीज किनेका थिए।

उनले आफूले सञ्चालन गरेका रेस्टुराँहरूका लागि भनेर पूरै एक वर्ष उत्पादित प्यूल चीज किनेको विवरण आएको थियो।

जासाभिचा प्रकृति आरक्ष ३६ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ। त्यहाँ विभिन्न प्रजातिका दुर्लभ वनस्पति र जीवहरू, जङ्गली घोडा र सयौँ जातका चराचुरुङ्गी पाइन्छन्। त्यहाँ पालिएका ३०० वटा गधाले निकै चर्चा पाउने गरेका छन्।

जासाभिचामा दक्षिणपूर्वी यूरोपकै सबैभन्दा ठूलो गधा फार्म छ। त्यहाँ भएका ३०० गधामध्ये १२ वटाजति मात्र भाले छन्। थाहाखबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP