Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आर्सनलसँग रियल मड्रिड पराजित, बायर्न घरमै हार्‍यो

काठमाडौं : डेक्लान राइसले फ्रि–किकमार्फत शानदार २ गोल गरेपछि आर्सनलले रियल मड्रिडलाई युएफा च्यम्पियन्स लिगअन्तर्गत क्वाटर फाइनलको पहिलो लेगमा पराजित गरेको छ।

इंग्लिस टोली आर्सनलले रियललाई ३–० को सहज गोल अन्तरले पराजित गरेको हो। आर्सनलले हालसम्म रियलविरुद्ध खेलेका तीन युरोपेली खेलमा गोल बेहोरेको छैन। यस जितले दोस्रो लेग अघि आर्सनलले आफूलाई सहज अवस्थामा पुर्याएको छ।

पहिलो हाफमा भिनिसियस जुनियर र किलियन एम्बाप्पेले रियलका लागि अवसर सिर्जना गरे पनि आर्सनल खेलमा हाबी देखियो। बुकायो साकाको उत्कृष्ट खेल र राइसको हेडर रकेक्न थिबो कर्टोआसले पहिलो हाफको अन्त्यमा उत्कृष्ट बचाउ गरे।

मध्यान्तरसम्म दुबै टिमले गोलरहित बराबरी खेले पनि दोस्रो हाफमा राइसले दुई वटा फ्रिकिकमार्फत गोल गरेपछि मिकेल आर्टेटाको टोली पूर्ण रुपमा हावी भयो।

५८औं मिनेटमा राइसले करिब ३० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिकमार्फत पहिलो गोल गरे। राइसको दोस्रो फ्रिकिक अझ सशक्त थियो। ७० औं मिनेटमा डी बक्सको बायाँपट्टबिाट राइसले टप–राइट कर्नरमा फिनिस गरे।

यो खेलअघि राइसले ३ सय ३८ सिनियर खेल खेलेका थिए। तर उनले कहिल्यै दुई गोल गरेका थिएनन् भने फ्रिकिकमार्फत पनि गोल गरेका थिएनन्। उनी च्याम्पियन्स लिगमा दुई फ्रिकिक गोल गर्ने पाँचौं खेलाडी बनेका छन्।

७५ औं मिनेटमा मिकेल मेरिनोले गोल गरेपछि आर्सनलले सहज जित निकाल्यो। रियलका एडुआर्डो कामाभिङ्गा खेलको अन्त्यतिर दोस्रो पहेँलो कार्ड बेहोर्दै मैदानबाट बाहिरिएका थिए।

यससँगै अप्रिल १७ मा हुने दोस्रो लेग अघि आर्सनलले ३–० को अग्रता बनाएको छ।

गएराति नै भएको अर्को खेलमा इन्टर मिलानले बायर्न म्युनिखलाई पराजित गरेको छ। इन्टरले बायर्नलाई उसकै मैदानमा २–१ गोल अन्तरले पराजित गरेको हो। इन्टरको जितमा डाभिडे फाटेसीले निर्णायक गोल गरे।

खेलको ३८औं मिनेटमा मार्कस थोरामको शानदार ब्याकहिल पासमा कप्तान लाउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई अग्रता दिलाए।

८५औं मिनेटमा बायर्नका अनुभवी खेलाडी थोमस मुलरले नजिकबाट बल पोस्टमा ठोक्दै बराबरी गोल गरे। यो सिजनपछि २५ वर्षको यात्रामा पुर्णविराम लगाउँदै मुलरले बायर्न छोड्ने छन्।

क्लबले नयाँ सम्झौता नदिएपछि उनले बायर्न छोड्न लागेका हुन्। ८८औं मिनेटमा कार्लोस अगस्टोको पासमा फाटेसीले सजिलै गोल गर्दै इन्टरलाई महत्वपूर्ण जित दिलाए।

अप्रिल १७ मा हुने दोस्रो लेगमा इन्टरले बायर्नलाई स्वागत गर्ने छ।थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP