Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लुका मोड्रिच बने स्वान्सी सिटीको मालिक

काठमाडौं : क्रोएशियाका खेलाडी एवं रियाल मड्रिडका लेजेन्ड लुका मोड्रिच फुटबल क्लबको लगानीकर्ता बनेका छन्।

मोड्रिच स्वान्सी सिटीको लगानीकर्ता र सह मालिक बनेका हुन्। ३९ वर्षिय मोड्रिच, अमेरिकी लगानीकर्ता एन्डी कोलमन, ब्रेट क्राभर्ट, निगेल मोरिस र जेसोन कोहेनको वनरसिप समूहमा जोडिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। तर, उनले कति प्रतिशत सेयर किनेका हुन त्यो भने खुलाइएको छैन्।

तर उनले यो आफ्ना लागि उत्साहपुर्ण अवसर भएको प्रतिृकया दिए। मोड्रिचले स्पेनिस जायन्ट रियाल मड्रिडबाट व्यवसायिक खेल जीवनलाई निरन्तरता भने दिइरहनेछन्।

उनले छ च्याम्पियन्स लिग, छ क्लब विश्वकप, पाँच युरोपेली सुपर कप, चार ला लिगा उपाधि, दुई स्पेनिश कप र पाँच स्पेनिश सुपर कप जितेका छन्।

उनले उत्कृष्ट फिफा पुरुष खेलाडीको अवार्ड, बालोन डीुओर पनि जितेका छन् र २०१८ को विश्वकप फाइनलमा खेलेका छन्।

उनी क्रोएसियाका सबैभन्दा धेरै क्याप खेल्ने खेलाडी हुन् र ३९ वर्षको उमेरमा यस सिजनमा रियल म्याड्रिडका लागि ४५ खेल खेलिसकेका छन्, जसमा चार गोल पनि गरिसकेका छन्।

सान्टियागो बर्नाबेउमा उनको सम्झौता सन २०२५ सम्मको रहेको छ। स्वान्सी वित्तिय संकटबाट गुज्रिरहेको समयमा मोड्रिचको लगानी आएको हो।

मोड्रिचको आगमनसँगै स्वान्सीले प्रिमियर लिगमा पुनरागमन गर्ने अपेक्षा गरिएको छ। तालिकामा स्वान्सी ५४ अंकका साथ १२औं स्थानमा रहेको छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP