
इलाम : नेपाल राष्ट्रिय एवम अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष एवम कराँते प्रशिक्षक दिपक श्रेष्ठले खेलकुद राजनीतिबाट माथि उठेर खेलाडीको मर्म बुझ्ने खेलकुदको व्यवस्थापन हुन नसकेको गुनासो गरेका छन्।
१० औ राष्ट्रिय खेलकुद आयोजनाको मिति अनिश्चित बनेपछि श्रेष्ठले यस्तो गुनासो गरेका हुन्। उनले खेलाडीहरूको मर्म बुझ नसक्दा पलायन हुँदै गएको चिन्ता व्यक्त गरे। ‘खेलाडीको मर्म बुझ्न सक्ने हिम्मत चाहिन्छ, भाषण होइन। पहिलो पटक विनियोजन भएको बजेट खर्च गर्न नसक्ने, खेलकुदप्रेमीहरूको सपना मिच्दै गफ हाँक्नेहरूसँग एकै कुरा सोध्न मन लाग्छ। कहिल्यै एक खेलाडीको यात्रा नजिकबाट देख्नु भएको छ ?’
उनले खेलाडीहरूले आफ्नो युवावस्था, पारिवारिक सपना, पढाइ, विवाह, रोजगारी र यहाँसम्म कि आफ्नो स्वास्थ्य पनि किनारा लगाएर मैदान रोज्ने गरेको बताए। उनले बजेट फ्रिज गराएर सरकारले छाती चौडा पारेको बताए।
‘हजारौं खेलाडीहरू, प्रशिक्षकहरू, स्वयंसेवकहरू, संघ–संस्थाहरूको अथक योगदानमा बनेको राष्ट्रिय प्रतियोगिता। तर, अन्ततः बजेट फ्रिज। र हामीले त सकेनौं भनेर छाती चौडा पार्ने ‘, उनले भने।
उनले प्रशिक्षक, खेलाडी र खेलकर्मीहरूले देशैभरि खेलकुद गतिविधि चलायमान राख्न भावनामा बगेर कसैले पढाइ त्यागे, कसैले शान्ति सेना, कसैले वैवाहिक जीवन, कसैले रोजगारी सबथोक थाती राखेर राष्ट्रिय गौरव बचाउने कोसिस गरेको उल्लेख गरे। उनले प्रशिक्षकको हिसाबले खेलाडीहरूलाई विभिन्न बहानामा १० औँ राष्ट्रिय खेलकुद हुन्छ भनेर अल्झाइराखेको भन्दै माफी समेत मागेका छन्।
‘अब्बल खेलाडी उत्पादनको योजना आउने यो कुरालाई तपाईंको नेतृत्वले आम निराश खेलाडीहरूको तर्फ बाट खेलकुद चलाउनेहरूलाई जबाफ माग्नुपर्ने हुन्छ र खेलाडी लाइ जबाफ दिनुपर्ने हुन्छ। खेल प्राविधिकले सञ्चालन गर्ने प्रणालीलाई कहिलेसम्म राजनीतिक अखडा बनाइन्छ ?’, उनले प्रश्न गरे, ‘खेलकुद राजनीतिबाट माथि उठेर, खेलाडीको मर्म बुझ्ने खेलकुदको व्यवस्थापन कहिले हुने हो ?’
तेस्रो पटक मिति सार्दा पनि १० औ राष्ट्रिय खेलकुद अनिश्चित
२०८१ साल मंसिर २ देखि ९ गतेसम्म कर्णालीमा संचालन हुनुपर्ने राष्ट्रिय खेलकुद पटक पटक मिति सर्दै आएको छ। तेस्रो पटककको मिति २०८२ साल जेठ ३ देखि १० गतेसम्मका लागि तय भएको थियो।
तर, अहिले बोर्ड बैठकले आगामी जेठमा पनि प्रतियोगिता आयोजना नगर्ने निर्णय लिएको छ। शुक्रबारको बैठकमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले विभिन्न कारणले जेठमा प्रतियोगिता आयोजना हुन नसक्ने बताएका थिए।
आर्थिक वर्ष २०८१/८२ को बजेटमा १० औँ राष्ट्रिय खेलकुदका लागि ६० करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। तर, पछि आएर अर्थमन्त्रालयले त्यसमा २५ प्रतिशत रकम कटौती गर्ने भएपछि मन्त्री चौधरीले १० औँ आयोजनाका लागि रकम अभाव हुने बताउँदै आएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया