Trending
राजनीति राजावादीको र्‍याली देखेर गणतन्त्रवादीको मुटु हल्लियो : धवलशमशेर अपराध जसले बिमाको पैसा खाने लोभमा आफ्नै पसलमा लगाए आगो अपराध भीरबाट खसेका व्यक्तिको उद्धार गर्न गएका आठ जना त्यहीँ अड्किएपछि… राजनीति माधव नेपालको आह्वान : प्रतिगामी तत्व सल्बलाउन थाले, परिवर्तनकारी एक हौँ अपराध अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ flash मंगल प्रसाद स्वतन्त्रता गुप्ता आधारभूत विद्यालयमा ४ काेठे भवन शिलान्यास समाज राप्रपाले कामपालाई दुईपटक तिर्‍यो जरिवाना, एमालेले तिरेन एकलाख राजनीति गैरसरकारी संस्थालाई प्रधानमन्त्रीको आग्रह : अनुदान होइन, आत्मनिर्भरताको बाटोमा लागौं राजनीति जिडिपीमा कृषिको योगदान १३ बाट ५ प्रतिशतमा झर्‍यो : उद्योगमन्त्री भण्डारी‘ राजनीति सरकारको कुशासनको फाइदा उठाएर गणतन्त्रविरोधी अभियान चलाइयो : माओवादी केन्द्र

कपिलबस्तुमा उपनिर्वाचनको चहलपहल वढयो


माधव बेल्वासे
कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा एक वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने भएपछी चहलपहल सुरु भएको छ । आउने मंसिर १४ गते हुन लागेको उपनिर्वाचन हुने जिल्ला निर्वाचन कार्यालय कपिलबस्तुले जनाएको छ ।
शिवराज नगरपालिका वडा नं. १० की वडा अध्यक्ष शकुन्तला भारतीको क्यन्सरका कारण निधन भएको थियो । त्यहाँ वडाध्यक्षको पद रिक्त छ ।

उनले स्वतन्त्रबाट उम्मेदवारी दिएर निर्वाचन जितेका थिइन । शिवराज नगरपालिकामा ११ वटा वड़ा रहेको सबै वडाहरूमा पुरूष निर्वाचित भए पनि वहा एक मात्र महिला वडा अध्यक्षमा निर्वाचित हुनु भएको हो । अहिले लालपुरमा चुनावी माहोल तातेको छ । विभिन्न राजनितिक दलले अहिले सक्रियता दिएका छन। नेपाल कम्युनिष्ट पाटी नेकपा, नेपाली काग्रेस ,समाजवादी पाटी नेपाल र राजपाले अहिले सक्रियता देखाएका छन । गत निवार्चनमा स्वतन्त्र उम्मेदवार निवार्चीत भएपछी अहिले राजनितिक दलहरुले वढी सक्रियता देखाएका हुन ।


गत निर्वाचनमा भारतीले ३ सय १९ मत प्राप्त गरी विजयी भएकी हुन् । उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका तिर्थ बहादुर रायमाझीले २ सय ३० मत प्राप्त गरेका थिए । भारतीका छोरा देवराज भारती अहिले नेपाली काग्रेसमा प्रवेश गरेका छन । उनि पनि उम्मेदवारको आकाक्षी रहेका छन । नेपाली काग्रेस वाट रायमाझीहरुको तर्फ वाट एक जनाले उम्मेदवार आन्तरिक तयारी रहेको छ । समाजवादी पाटीले भने काग्रेसले टिकट नदिएका उम्मेदवारलाई पार्टीमा प्रवेश गराई उम्मेदवार बनाउने तयारी छ । यता राजपाले राष्ट्रिय सचिव रविदत्त मिश्र कि श्रीमतिलाई उम्मेदवार बनाउने चर्चा रहेको छ । नेकपाले भने अहिले सम्म पार्टीका नेता कार्यकतालाई भेटघाटको काममा व्यस्त रहेको छ । चुनावी माहोल वुुजेर उम्मेदवार बनाउने नेकपाका एक नेताले वताए ।


उक्त वडामा ११ जना वडा अध्यक्षमा उम्मेदवार रहेकोमा स्वतन्त्रबाट ५, अन्य दलबाट ६ जसमा नेपाली कांग्रेस, माओबादी केन्द्र, एमाले, संघिय समाजबादी फोरम, फोरम लोकतन्त्रीक, राष्ट्यि प्रजातन्त्र पार्टीबाट वडा अध्यक्षमा लडेका थिए ।
सो वडाको गत निर्वाचनमा जम्मा १ हजार ९ सय ६५ मतदाता रहेपनि १ हजार ३ सय ४१ मत खसेको थियो । संघ प्रदेश र स्थानिय चुनाव पछि गत साउन सम्म २ सय २८ मतदाता नंया थपिएका छन् । नँया थपिएका मतदाता मध्ये १८ वर्ष पुरा भएका १ सय ३६ जनाले हुने निर्वाचनमा मात हल्न पाउने छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP