Trending
flash सशस्त्र प्रहरीको कडा एक्सन, २४ घण्टाभित्र ११ लाखभन्दा बढीको अवैध सामान बरामद flash विजयनगरको नवौँ गाउँसभा सम्पन्न, ६८ करोड ११ लाखको बजेट प्रस्तुत flash बन्ने भयाे हल्लानगर-पत्थरदेइया-मैनारी-झिंगाहा सडक, अध्यक्ष थापाको पहल सफल flash पोषण तथा जीविकोपार्जनका गतिविधि प्रभावकारी बनाउन विजयनगरमा अनुगमन flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष

शिक्षक आन्दोलनले रोकियो नयाँ भर्ना अभियान, के भन्छ सरकार ?

काठमाडौं : शिक्षक आन्दोलनका कारण नयाँ भर्ना अभियान रोकिएको छ। सरकारले वैशाख १ गतेदेखि यस वर्षकाे नयाँ भर्ना अभियान देशभर सुरू गरे पनि धमाधम सामुदायिक विद्यालयहरूले भर्ना अभियान स्थगित गरेकाे सूचना जारी गरिरहेका छन्।

रूपन्देहीको नवीन औधोगिक कदर बहादुर रीता माध्यमिक विद्यालयले सूचना जारी गर्दै भर्ना लगायत सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको छ।

उक्त विद्यालयले जारी गरेको सूचनामा भनिएको छ,‘नेपाल शिक्षक महासंघद्वारा विगतका सम्झौता कार्यान्वयन गर्दै नयाँ शिक्षा ऐन लागू गर्ने मागका साथ गरिएको शैक्षिक आम हड्तालका कारण हालका लागि विद्यालयका पूर्व निर्धारित विद्यार्थी भर्ना लगायत सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको ब्यहोरा जानकारी गराइन्छ, यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं।’

यस्तैगरि कान्ति माध्यमिक विद्यालयले पनि महासंघद्वारा शिक्षा ऐन लागू गर्ने माग सहित गरिएको आम शैक्षिक हडतालका कारण सृजना भएको विषम परिस्थितिले २ गते देखि शुरू गर्ने भनिएको भर्ना अभियान लगायत विद्यालयका सम्पूर्ण कार्यक्रमहरू अर्को सूचना नहुँदासम्मका लागि स्थगित गरिएको जानकारी दिएको छ।

रूपन्देहीको कालिका मानवज्ञान माध्यमिक विद्यालय पनि भनेको छ,‘हाल चलिरहेको शिक्षक महासंघको शिक्षक कर्मचारी आन्दोलनले सृजना गरेको शैक्षिक हड्तालको विषम परिस्थितिले गर्दा विद्यालयको पूर्वनिर्धारित भर्ना लगायतका सम्पूर्ण कार्यक्रमहरू शिक्षक कर्मचारी आन्दोलनलाई मध्यनजर गरी अर्को सूचना नआएसम्मलाई स्थगित गरिएको ब्यहोरा सम्बन्धित सम्पूर्णमा सूचित गरिन्छ।’

त्यस्तैगरि रूपन्देहीकै शान्ति नमुना माध्यमिक विद्यालय विद्यार्थी भर्ना लगायत विद्यालयका कार्यक्रमहरू अनिश्चितकालका लागि स्थगित गरेको जानकारी दिएको छ। ‘नेपाल शिक्षक महासंघ द्वारा विगतका सम्झौता कार्यान्वयन गर्दै नयाँ शिक्षा ऐन लागू गर्ने मागका साथ गरिएको शैक्षिक हडतालका कारण विद्यार्थी भर्ना लगायत विद्यालयका कार्यक्रमहरू अनिश्चितकालका लागि स्थगित रहेको जानकारी गराइन्छ, यसबाट पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौ, पुनश्चः शैक्षिक हडताल समाप्त हुनासाथ विद्यालयमा नयाँ विद्यार्थी भर्ना प्रक्रिया अगाडि बढाइने र सम्पूर्ण शैक्षिक गतिविधिहरू सञ्चालन हुने जानकारीका लागि अनुरोध छ,’सूचनामा उल्लेख छ।

यहीकारण अभिभावक र विद्यार्थीहरू भने अन्यौलमा परेका छन्। शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले यस वर्ष ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ नारा लिएर वैशाख १ गतेदेखि नयाँ शैक्षिक सत्रको थालनी सुरू गरेको छ। तर,आन्दोलनकै कारण देशभरकै नयाँ भर्ना अभियानमा असर पुग्ने देखिएको छ। महासंघले कक्षा १२ को परीक्षामा समेत सहभागी नहुन सबै शिक्षकहरूलाई आग्रह गरेको छ।

‘पढ्न सिक्न पाउने अधिकारप्रति सबैले सम्मान गरौं’

नेपाल अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले अहिलेको आन्दोलन कारण अधिकांश सामुदायिक विद्यालयमा भर्ना अभियान रोकिएको जानकारी दिए। त्यसो त कलिला बालबालिकाहरूको पढ्न,सिक्न पाउने अधिकारप्रति सबैले सम्मान गर्न उनले आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालबाटै भनेका छन्,‘कलिला स्कुले विद्यार्थीहरूको पढ्न सिक्न पाउने अधिकारप्रति सबैले सम्मान गरौं।’

सरकार र शिक्षक कर्मचारी दुवैका कारण लाखौँ बालबालिकाहरूको पढ्न पाउने अधिकारबाट बन्चित भएकाे भन्दै तत्काल राज्यले यसको समाधान गर्नुपर्ने उनले माग गरे।

केन्द्र भन्छ : सरकारले संवाद अगाडि बढाएको छ,अब भर्ना नरोकिएला

शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सरकारले शिक्षकहरूको माग पूरा गर्न प्रकृया अगाडि बढाएकाले अब छिटो नै रोकिएको नयाँ भर्ना अभियान सुरू हुने जनाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक एवं प्रवक्ता चन्द्रकान्त भुसालले सरकारले अहिलेको समस्या समाधान गर्न लागिरहेको बताए।

उनले भने,‘सरकारले संवाद बढाएको छ,शिक्षामन्त्री ज्यूले पनि सहजीकरण गरिरहनु भएको छ,हिजो बसेको मन्त्रिपरिषद्को बैठकले तत्काल शिक्षा विधेयक जारी गर्न संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ,हामी पनि छिटो शिक्षकहरूको माग सम्बोधन गरि नयाँ भर्ना अभियान चलाउने वातावरण सिर्जना होस् भन्ने माग गरिरहेका छौँ,अब छिटो नै यो समस्या हट्छ।’

शिक्षा मन्त्री विद्या भट्टराई पनि शिक्षकको माग सम्बोधन गर्नेगरि संसद अधिवेशन आव्हान गरिएको जानकारी दिएकी छिन्। उनले एक भिडियो सन्देशबाट भनेकी छिन्,‘करिब १५ दिनदेखि शिक्षकहरू सडकमा आन्दोलन गर्दै हुनुहुन्छ,हिजो मात्रै बसेको मन्त्रिपरिषद बैठकले शिक्षकको माग सम्बोधन गर्ने गरि छिटो शिक्षा विधेयक जारी गर्ने निर्णय गरेको छ,मन्त्रालय शिक्षकसँग निरन्तर संवादमा छ,मन्त्रालयको तर्फबाट सहजीकरण समिति निर्माण गरेर उहाँहरूसँग संवाद गर्नका लागि वातावरण बनोस् भनेर त्यही कार्यमा छौँ।’

देशभरका शिक्षक कर्मचारीहरू चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। हिजो बसेको मन्त्रिपरिषद बैठकले संघीय संसद्को अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गर्दै शिक्षकहरूलाई विद्यालयमा फर्कन आग्रह गरेको थियो।

तर,शिक्षकहरूले आज पनि आन्दोलन कायमै राखेका छन्। नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षा विधेयक जारी गरेर मात्रै आन्दोलन रोक्ने बताएका छन्। पहिला भएका सहमतिसहित शिक्षा ऐन जारी नहुन्जेलसम्म यो आन्दोलन कायम रहने उनले बताउँदै आएका छन्। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP