
कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १ महेन्द्रवस्तीकी १९ वर्षीया किशोरी सरस्वती धामीको विद्युतीय करेन्ट लागेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार, मंगलबार (आज) बिहान पानी परिरहेको समयमा किराना पसलको सटर खोल्ने क्रममा सटरबाटै विद्युतीय करेन्ट लागेर धामीको ज्यान गएको हो ।
मृतक किशोरीको शव परीक्षणका लागि कैलालीको धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा लगिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया