Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

यू-१९ विश्वकप एशिया छनोट : हङकङलाई हराउँदै नेपाल फाइनलमा

काठमाडौँ : लगातार तेस्रो जित निकाल्दै नेपाल यू-१९ विश्वकप एशिया छनोटको फाइनलमा पुगेको छ।

आज भएको खेलमा हङकङविरुद्ध ९ विकेटको शानदार जित हासिल गर्दै नेपालले फाइनलमा स्थान बनाएको हो।

जितका लागि हङकङले दिएको ११६ रनको लक्ष्य नेपालले १२ ओभर ३ बलमा १ विकेटमात्र गुमाएर भेट्टायो।

नेपालको जितमा साहिल पटेलले अविजित रहँदै सर्वाधिक ४२ तथा कप्तान नरेन भट्टले ३९ रन जोडे। निरजकुमार यादवले २३ रन बनाए।

त्यसअघि तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर सुरुवाती ब्याटिङमा तानिएको हङकङले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर ११५ रनमात्र बनाएको थियो।

उसका लागि शिव माथुरले सर्वाधिक ६३ रनको योगदान गरे। आर्य पज्वानीले १३, वीर माथुरले १२ तथा ह्यारी थोमसले १० रन जोडे पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

हङकङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए। नेपालले अब समूह चरणको अन्तिम खेलमा आगामी शनिवार अफगानिस्तानसँग खेल्नेछ । सोही खेलको विजेताले विश्वकपमा स्थान बनाउनेछ थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP