मुगु : जिल्लाकझ छायाँनाथ रारा नगरपालिका ३ हेर्नीकाँध गाउँ विगत एक दशकदेखि तरकारी खेतीमा आत्मनिर्भर बनेको छ। २२ घरदुरीरहेको हेनीकाँध गाउँका सबै घरपरिवार तरकारीखेतीमा आकर्षण भएसँगै हेनीकाँध गाउँ तरकारी खेतीमा आत्मनिर्भर बनेको हो।
तरकारी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि हेनीकाँधका २२ घरदुरी तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन्। उनीहरूले समूह बनाएरै तरकारी खेतीमा गरिरहेका छन। प्रगतिशिल कृषि महिला समुह बनाई र्हेनीकाँधका महिलाहरूले मौसमी तथा बेमौसमी तरकारीखेती गरिरहेका छन्।
त्याहाँका महिलाहरूले समूह बनाई विभिन्न जातका तरकारी खेती गरेका छन्। विगत ३ वर्षदेखि सहास नेपाल नामक संस्थाले तरकारीखेती सम्बन्धी विभिन्न सहयोग गरेपछि तरकारीखेती गर्न सहज भएको प्रगतिशील कृषि महिला समुहका अध्यक्ष सत्तदेवी कार्कीले बताइन्।
उनका अनुसार र्हेर्नीकाँध गाउँमा तरकारीको उत्पादन विगत एक दशकदेखि गरिँदै आएका छ। बजार नजिक भएकाले तरकारी खेती राम्रो हुने भएको र राम्रो आम्दानी हुनेभएकाले २२ घरधुरी रहेको यस गाउँमा सबै महिलाहरू तरकारी खेतीगर्ने गरेका अध्यक्ष कार्कीले बताइन्। हेर्नीकाँध गाउँमा विभिन्न जातका तरकारी लगाइएको छ। अहिले हेर्नीकाँध गाउँलाई तरकारीको पकेट क्षेत्रका रूपमा लिने गरिएको छ।
सोही गाउँकी रामदेवी बुढाका अनुसार घरको खर्च चलाउनेदेखि केटाकेटी पढाउनेसम्मको खर्च धान्न निकै मुस्किल हुन्थ्यो। तर आजभोलि तरकारी खेतीबाटै राम्रो आम्दानी हुने भएकाले सहज भएको बताइन्। आफूहरूले मौसमी तथा बेमौसमी तरकारी वर्षभरी नै गरिरहेका बुढाको भनाइ छ।
तरकारी खेती सुरु गरेदेखि घर खर्च चलाउन, छोराछोरी पढाउन र समूहमा बचत गर्न सकिएको छ। खुर्सानी, बन्दा, काउली, काक्रा ,प्याज, टमाटर, फर्सी लगायतका तरकारी खेतीबाट राम्रो आम्दानी हुन्छ व्यावसायिक तरकारी खेतीबाट वार्षिक एक लाखसम्म आम्दानी हुने गरेको बुढाले बताइन्।
जिल्लामा व्यावसायिक रूपमा तरकारी खेती गर्ने कृषकहरूको संख्या बढेको छायाँनाथ रारा नगरपालिकाकी नगर प्रमुख एश्वर्य मल्लले बताइन्। विशेष गरी मुगु सदरमुकाम गमगढी बजार आसपासका गाउँ र्हेनीकाँध,निगाले,कार्काीवाडा,भामवाडाका महिलाहरू तरकारीखेतीमा आकर्षण भएका र बजारमा तरकारीको सहज पहुँच भएको नगर उप प्रमुख मल्लले बताइन्।
उनका अनुसार व्यावसायिक कृषकहरूलाई छायाँनाथ रारा नगरपालिका लगायत बिभिन्न सहयोगी संस्थाको समन्वयमा तरकारीखेतीमा आवश्यक सामग्री सहयोग भएको पनी नगर उपप्रमुख मल्लको भनाइ छ।
हेर्नीकाँध गाउँमा रहेका २२ घरधुरीका महिला तरकारी खेती गरी आत्मनिर्भर भएका छन्। उनीहरूको प्रमुख आम्दानीको स्रोत तरकारी खेती बनेको छ। त्यसैले विगत ३ वर्षदेखि सहास नेपालले उनीहरूको तरकारीखेतीमा सहज र क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरीरहेको सहास नेपाल लिफट कार्यक्रम परियोजन अधिकृत उमेश श्रेष्ठले बताए।
उनका अनुसार तरकारीखेती संगै बाखा्रपालन, घरघरमा सिचाई, जैविक बिषादी,प्लाष्टिक घर,,पोखरी निमार्ण, बिउबिजन, लगायत रैथानेबाली संरक्षणमा जोडदिने जस्ता कार्यक्रमपनी र्हेनीकाँध गाउँमा सञ्चालनमा रहेका र त्यहाँका महिलाहरू लाई तरकारीखेती संगै अन्य जिविकोपार्जनमा पनी सहयोग भएको परियोजना अधिकृत श्रेष्ठले बताए।
शुक्रबार जिल्लका सरोकारवाला निकायले सहास नेपाल द्धारा सञ्चालीत स्थानीय प्रयास द्धारा खाद्यय सुरक्षा रुपान्तरण लिफ्ट परियोजना कार्यक्रम अन्तरगत हेर्नीकाँध गाउँमा गरिएको तरकारीखेतीको अनुगमन समेत गरेका छन। अनुगमनपश्चात् जिल्लाका सरोकारवाला निकायले हेर्नीकाँध गाउँ तरकारी खेतीको लागि उदाहरणीय गाउँ भएको र सहयोगी संस्थाले पनि त्यसको निगरानी तथा कार्यन्वयनमा पनि राम्रो गरेको बताएका छन्। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया