Trending
राजनीति ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने वेला आएको छ’ समाज छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु राजनीति शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु उपस्थिति देखाउने माध्यम हुन् : चित्रकार समाज वायु प्रदूषण कम गर्न माग राखी प्रदर्शन राजनीति समाजवादको भ्रूण नेवार समुदायमा छ : प्रचण्ड राजनीति ‘शिक्षा र स्वास्थ्य : प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम’ खेल यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धकाे खेल रद्द, विश्वकप खेल्ने नेपालकाे सपना अधुरै0. राजनीति पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे राजनीति मन्त्रीको आक्रोश : अधिकारविहीन गृहमन्त्री, सञ्चारमन्त्री र कानूनमन्त्री म ! समाज ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु उपस्थिति देखाउने माध्यम हुन् : चित्रकार

काठमाडौं : बागमती प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम भएको बताएका छन्।

नेपाल औषधि व्यवसायी सङ्घ ललितपुर शाखाको चौथो तथा पाँचौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सङ्घीय सरकारले प्रदेश सरकारलाई आवश्यक कानुन बनाएर नदिँदा जनतासामु प्रदेश सरकारको उपस्थिति कमजोर देखिएको बताए।

उनले सङ्घ सरकारले ऐन नबनाएसम्म प्रदेशहरूले ऐन बनाएर कार्यान्वयन गर्न अवस्था नरहेको समेत स्पष्ट पारे।

उनले भने, “शिक्षा र स्वास्थ्य क्षेत्र जनतालाई प्रदेश सरकारको उपस्थिति देखाउने क्षेत्र हो। तर, अहिले पनि हामी प्रदेश सरकार आवश्यक छ र? भन्छौँ। प्रदेश सरकार कहाँ छ र भन्छौँ। खासमा यसको पछाडिको कारण सङ्घीय सरकारले प्रदेश सरकारलाई संविधानले दिएको अधिकारबमोजिम कानुन बनाएर दिएको अवस्था छैन। सङ्घले ऐन नबाएसम्म प्रदेशहरू ऐन बनाएर कार्यान्वयन गर्न सकिँदैन।”

प्रदेशसभा सदस्य चित्रकारले विभिन्न पेशा देखिएका समस्याहरूलाई समाधान गर्नको लागि प्रभावकारी ढङ्गले काम गर्नुपर्ने बताए। उनले एकले अर्कोलाई आलोचना गरेर भन्दा समन्वय गरेर समस्याको पहिचान गरी समाधानमा लाग्नुपर्नेमा जोड दिए।

कार्यक्रममा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले औषधिको लागत मूल्य घटाउनको लागि लागिपरेको बताए। उनले कुनै कुनै औषधिमा खुद्रा बिक्रेताले एक सय १५० प्रतिशतसम्म मार्क अप लिएको बताउँदै यो उचित नभएको जिकिर गरे।

उनले भने, “मूल्यमा हामीले ध्यान दिनुपर्छ। हामीले त्यो लागत मूल्य घटाउनको लागि प्रयास गरेको हो। हाम्रो समाधान भएको एउटा इस्यू आजको समयमा पनि छ। मैले एउटा प्रोडक्टमा के सम्म पाए भने, खुद्रा बिक्रेताले १५० प्रतिशतसम्म मार्क अप लिने। त्यो उचित छ? यसमा सबैले मनन गर्नुपर्‍यो।”

महानिर्देशक ढकालले सुधारात्मक कुरामा सहयोग आवश्यक भएको भन्दै यो व्यक्तिको नभई सबैको फाइदाको लागि कुरा उठाइएको बताए। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP