Trending
राजनीति ‘गणतन्त्रवादी शक्ति एक हुनुपर्ने वेला आएको छ’ समाज छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु राजनीति शिक्षा र स्वास्थ्य क्षेत्र जनतासामु उपस्थिति देखाउने माध्यम हुन् : चित्रकार समाज वायु प्रदूषण कम गर्न माग राखी प्रदर्शन राजनीति समाजवादको भ्रूण नेवार समुदायमा छ : प्रचण्ड राजनीति ‘शिक्षा र स्वास्थ्य : प्रदेश सरकारको उपस्थिति देखाउने माध्यम’ खेल यू–१९ विश्वकप छनोट : अफगानिस्तानविरुद्धकाे खेल रद्द, विश्वकप खेल्ने नेपालकाे सपना अधुरै0. राजनीति पर्यटनमा महिला उद्यमशीलताका लागि बजेट व्यवस्था गर्छौं : पर्यटनमन्त्री पाण्डे राजनीति मन्त्रीको आक्रोश : अधिकारविहीन गृहमन्त्री, सञ्चारमन्त्री र कानूनमन्त्री म ! समाज ‘वैदेशिक रोजगारीमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न आग्रह’

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु


काठमाडौं : पछिल्ला सवारी दुर्घटनामा परी सातजनाको मृत्यु भएको छ। दाङ, रुपन्देही, धादिङ र बारामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

दाङ, राप्ती गाउँपालिका-५ सिंगेस्थित सडकमा कृष्णनगरबाट घोराहीतर्फ जाँदै गरेको बा.३ ख ७९९६ नम्बरको बस अनियन्त्रित भई शुक्रबार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका राजपुर गाउँपालिका-६ बस्ने ५७ वर्षीय निल सरोज र हाल नाम, थर, वतन नखुलेकी महिलाको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका बसमा सवार मध्ये ५ जनालाई लुम्बिनी सिटी अस्पताल बुटवल, १४ जनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही र ६ जनालाई भालुवाङ अस्पतालमा थप उपचारको लागि रिफर गरिएको छ। बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी दाङ, घोराही उपमहानगरपालिका-३ चौपट्टास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री लमही नगरपालिका-६ बस्ने ३७ वर्षीय खगेश्वर रावतको गए राति मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले ठक्कर दिने सवारी साधनको खोजी गरिरहेको छ।

रुपन्देही, कोटहीमाई गाउँपालिका-१ परसपुरवास्थित सडकमा युपि ५५ जेड ०३८८ नम्बरको मोटरसाइकलबाट खसेर मोटरसाइकलमा सवार भारत कोहारगड्डी टोला बस्ने ६५ वर्षीया राजवन्ती मल्लाहको शुक्रबार साँझ मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ।

धादिङ, थाक्रे गाउँपालिका-१ एक्लेफाँटस्थित सडकमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्र.३-०१-०२३ च ६५८ नम्बरको बोलेरो हाल नम्बर नखुलेको टिपर पछाडि ठक्कर खाई गए राति दुर्घटना हुँदा बोलेरोमा सवार ललितपुर बागमती गाउँपालिका-१ बस्ने ३४ वर्षीय थुल बाबु थिङको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको हो। बोलेरो चालकलाई नियन्त्रणमा लिई हाल फरार टिपर र चालकको प्रहरीले खोजी गरिरहेको छ।

बारा, जीतपुरसिमरा उपमहानगरपालिका-१६ भुईपुलस्थित सडकमा प्र.२-०३-००१ ख ०६०७ नम्बरको टिपर र बा.०१-०२५ च ५०७६ नम्बरको कार एकआपसमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा कार चालक सर्लाही घर भएका ५० वर्षीय जित नारायाण प्रसाद साह र कारमा सवार सर्लाही बरहथवा नगरपालिका-१५ हजरिया बस्ने ४६ वर्षीय नारायण हरी शर्माको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको प्रसुती अस्पताल निजगढमा उपचारको क्रममा मृत्यु भएको हो। हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
२०७६ माघ १४, मंगलवार ०८:०४ गते

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP