Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं : म्याथुज नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको छ।

यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। सातौं मिनेटमा बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे। यस गोलसँगै सिटीले सुरूवाती अग्रता बनाएको थियो। १८औं मिनेटमा डियासले जैकब राम्सेलाई बक्सभित्र फल गरेपछि भिएआरको सहायताले एस्टनले पेनाल्टी पाएको थियो।

पेनाल्टीलाई रासफोर्डले गोलमा परिणत गर्दै खेल बराबरी गरे। दोस्रो हाफमा सिटीले आक्रमणको गति बढायो। ओमार मारमुसले पोस्टभित्र प्रहार गरेपनि अफसाइड ठहरिए। यसबीच रासफोर्डले केही उत्कृष्ट मौका गुमाएका थिए।

तर पाँच मिनेटको इन्जुरी समयमा भिल्लाको रक्षापंक्ति समालिन नसक्दा नुनेसले नाटकीय रूपमा खेल सिटीको पक्षमा पारे। नुनेसले जेरेमी डोकुको शानदार आउटसाइड पासलाई साइड–फुट गर्दै गोलमा परिणत गरेका थिए।

यो जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसको ३४ खेलमा ६१ अंक छ। सिटी चौथो स्थानको नटिङ्घम फरेस्टभन्दा एक र पाँचौं स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले अघि छ। भिल्ला भने सातौं स्थानमै अडिएको छ। उसको ४७ अंक छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP