Trending
समाज दुर्घटना हुँदा कृष्णपुर नगरपालिका–१ बण्ड का ४२ वर्षीय बलबहादुर बोहराको मृत्यु राजनीति नेकपा एमालेको सचिवालय बैठक सुरु राजनीति ऊर्जामन्त्री घिसिङ भन्छन्– विद्युत् बक्यौता उठाउने मेरो इमानदार प्रयास हो खेल पहिले ब्याटिङ गरेको नेपालले पहिलो विकेटका रुपमा आसिफ शेख आउट अन्तर्राष्ट्रिय पाकिस्तानद्वारा भारतीय सिख तीर्थयात्रीलाई चाडपर्वका लागि भिसा जारी flash अवरुद्ध जोमसोम—कागबेनी सडक मर्मतपछि सञ्चालनमा flash डिजेल र मट्टीतेलको भाउ घट्यो, पेट्रोल र ग्यासको यथावत flash भोलिदेखि पश्चिम र मध्य भेगका धेरै ठाउँमा घाम लाग्ने flash आज तुलसीको विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाउने flash लुटपाट गरी बिक्री वितरणमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ

म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लियो

काठमाडौं : म्याथुज नुनेसले इन्जुरी समयमा निर्णायक गोल गरेपछि प्रिमियर लिगमा म्यानचेस्टर सिटीले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित हात पारेको छ।

यो जितले सिटीको च्याम्पियन्स लिगमा छनोट हुने आशा बढेको छ। सातौं मिनेटमा बर्नार्डो सिल्भाले एमिलियानो मार्टिनेजको गल्तीको फाइदा उठाउँदै गोल गरे। यस गोलसँगै सिटीले सुरूवाती अग्रता बनाएको थियो। १८औं मिनेटमा डियासले जैकब राम्सेलाई बक्सभित्र फल गरेपछि भिएआरको सहायताले एस्टनले पेनाल्टी पाएको थियो।

पेनाल्टीलाई रासफोर्डले गोलमा परिणत गर्दै खेल बराबरी गरे। दोस्रो हाफमा सिटीले आक्रमणको गति बढायो। ओमार मारमुसले पोस्टभित्र प्रहार गरेपनि अफसाइड ठहरिए। यसबीच रासफोर्डले केही उत्कृष्ट मौका गुमाएका थिए।

तर पाँच मिनेटको इन्जुरी समयमा भिल्लाको रक्षापंक्ति समालिन नसक्दा नुनेसले नाटकीय रूपमा खेल सिटीको पक्षमा पारे। नुनेसले जेरेमी डोकुको शानदार आउटसाइड पासलाई साइड–फुट गर्दै गोलमा परिणत गरेका थिए।

यो जितसँगै सिटी प्रिमियर लिगको तेस्रो स्थानमा उक्लिएको छ। उसको ३४ खेलमा ६१ अंक छ। सिटी चौथो स्थानको नटिङ्घम फरेस्टभन्दा एक र पाँचौं स्थानको न्युक्यासल युनाइटेडभन्दा दुई अंकले अघि छ। भिल्ला भने सातौं स्थानमै अडिएको छ। उसको ४७ अंक छ। थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP